जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • प्रभुले सेञ्चुरी बैंक प्राप्ति गर्न गर्‍यो सम्झाैता, बराबरी हैसियतमा प्राप्ति, सीईओमा शेरचन

प्रभुले सेञ्चुरी बैंक प्राप्ति गर्न गर्‍यो सम्झाैता, बराबरी हैसियतमा प्राप्ति, सीईओमा शेरचन

प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने भएकाे छ। आइतबार दुवै संस्थाबीच सम्झाैता भएकाे छ।

सेन्चुरीलाई अक्वायर (प्राप्ति) गरेपछि बन्ने एकिकृत बैंकको नाम ‘प्रभु बैंक’ नै रहने सहमति भएको छ।

प्रारम्भिक सम्झाैताअनुसार सात सदस्यीय सञ्चालक समितिमा चारजना प्रभु बैंकबाट हुनेछन्। तीनजना हालको सेञ्चुरी बैंकबाट रहने भएका छन्।

प्रमुख कार्यकारीमा प्रभु बैंकका वर्तमान सीईओ अशाेक शेरचनले नै निरन्तरता पाउने छन्।

दुई बैंकबीच प्राप्तिका लागि लामो छलफलपछि निष्कर्षमा पुगेको हो।

राष्ट्र बैंककाे नीति र अहिलेकाे अवस्थालाई ध्यान राखेर दुई बैंकबीच गाभ्ने गाभिने सहमति भएकाे शेरचनले बताए।

प्राप्तिपछि एकिकृत कारोबार थाल्दा प्रभु बैंकको कुल पुँजीकोष झन्डै ३१ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ। जसमा सेयर पुँजी २२ अर्ब २६ करोडभन्दा बढी हुनेछ। यस्तै, अवितरित नाफा (रिटेन्ड अर्निङ) करिब २ अर्ब १० करोड र संचित कोष (रिजर्भ) ७ अर्ब ३५ करोड हाराहारी रहेको छ।

5475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका