जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेशनल लाइफको जीवन बीमा कोष ५० अर्ब माथि

नेशनल लाइफको जीवन बीमा कोष ५० अर्ब माथि

नेशनल लाइफले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन १७ दशमलव ८८ प्रतिशतले वृद्धि हुँदै १४ अर्ब २८ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८ ) मा कम्पनीले १२ अर्ब ११ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको नाफा गत आर्थिक वर्षमा १ दशमलव ९१ प्रतिशतले वृद्धि हुँदै ४० करोड ८८ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ४० करोड १२ लाख थियो ।

४ अर्ब ३ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ६६ करोड ७१ लाख रुपैयाँ संचित छ भने जीवन बीमा कोषमा १ वर्षको अवधिमा २० दशमलव ५८ प्रतिशत वृद्धि हुँदै ५१ अर्ब १५ करोड पुगेको छ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १० रुपैयाँ १३ पैसा र किताबी मूल्य १२५ रुपैयाँ १९ पैसा छ । गत आर्थिक वर्षमा ५ अर्ब ७९ करोड खुद दावी भुक्तानी गरेको कम्पनीले ९६ करोड १७ लाख भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।

1475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका