जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने

राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने

राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले २५ लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो।

कुल निष्कासन मध्ये १५ लाख कित्ता बैंकले व्यक्तिगत तरीकाले बाँडफाँट गर्नेछ। बाँकि १० लाख कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्।

बैंकले ७ वर्ष अवधिको ऋणपत्र जारी गर्दैछ। २०८६ सालमा ऋणपत्र परिपक्क हुनेछ। बैंकले ऋणपत्र बापत वार्षिक १०.५ प्रतिशत ब्याज भुक्तानी गर्ने जनाएको छ।

बैंकले ऋणपत्र निष्कासन तथा बिक्रि प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको हो।

4100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका