जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ग्लोबल आइएमई बैंकका एसटीसी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ % क्यासब्याक

ग्लोबल आइएमई बैंकका एसटीसी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ % क्यासब्याक

ग्लोबल आइएमई बैंकका एसटिसी डेबिट कार्ड प्रयोगकर्ताले दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिसँगको सहकार्यमा दशैंका लागि एसटीसी डेबिट कार्ड भएका ग्राहक लक्षित एसटीसी तथा यूपीआई कार्डको दमदार दशैं धमाका थ्री–डि अफर अन्तर्गत ग्राहकहरुले क्यासब्याक प्राप्त गर्नेछन् ।

असोज १ गतेदेखि दशैंभर चल्ने यो योजनामा कम्तिमा ३ वटा पस कारोबार गर्ने कार्ड होल्डरलाई ५०० तथा कम्तिमा ६ वटा पस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई १ हजार क्यासब्याक प्रदान गरिने छ ।

क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा ५०० को हुनुपर्नेछ । जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने छ । यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर भएको बैंकले जनाएको छ । जहाँ कुनै पनि प्वाइन्ट अफ सेल टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एसटीसी डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत अर्थात १ हजार (अधिकतम) सम्म क्यासब्याक पाउनेछन् ।

एसटीसी कार्ड होल्डर ग्राहकलाई एसटीसी कार्ड मार्फत गरिने ग्राहकहरूको विश्वास बढाउन सकिने बैंकले जनाएको छ

1355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका