जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कुमारी बैंकबाट चार जना संस्थापक सेयरधनी बाहिरिँदै

कुमारी बैंकबाट चार जना संस्थापक सेयरधनी बाहिरिँदै

कुमारी बैंकका चार जना संस्थापक सेयरधनीले ६६ हजार ७६९ कित्ता सेयर बिक्री गर्न खोजेका छन् ।

बैंकका चार जना संस्थापक सेयरधनीले सेयर बिक्री गरेर बाहिरिन खोजेपछि बैंकले सूचना जारी गरेको छ । सेयर बिक्री गर्न खोज्नेमा सुर्खेत जिल्ला वीरेन्द्रनगर–५ का तुलाराम सिजाली, काठमाडौं–५ हाँडीगाँउका प्रताप मेहेर श्रेष्ठ, भक्तपुर –३ गठ्ठाघरमा बुद्धि बहादुर श्रेष्ठ र सुर्खेत जिल्लाका पदमपुरका अम्बर बहादुर तारमी मगर रहेका छन् ।

बैंकका अनुसार सिजालीले ३ हजार १६६ कित्ता, प्रताप मेहेरले ७ हजार ४१४ कित्ता, बुद्धिले ५४ हजार ९८२ कित्ता र तारमी मगरले १ हजार २०७ कित्ता सेयर बिक्री गर्न लागेका छन् ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम बिक्री गर्न प्रस्ताव गरिएको संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने हुँदा उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन माग गरेको छ ।

आवेदन बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा कुमारी बैंकको प्रधान कार्यालय काठमाडौंमा आवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ । म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका