जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • असोजमा थपिए एक हजार एक सय ९१ ऋणी कालोसूचीमा

असोजमा थपिए एक हजार एक सय ९१ ऋणी कालोसूचीमा

कर्जा सूचना केन्द्रले विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समयमै कर्जा फर्छ्यौट गर्न नसक्ने व्यक्ति तथा संस्थाहरूलाई कालोसूचीमा राख्ने गर्छ । यसरी समयमा ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने व्यक्ति तथा संस्थाको संख्या बढ्दो रहेको छ ।

कर्जा सूचना केन्द्रको तथ्यांक हेर्ने हो भने यहि असोज महिनामा एक हजार भन्दा बढी संख्यामा ऋणीहरु कालोसूचीमा परेको देखिन्छ । यहि असोज २ गतेदेखि २३ गतेसम्मको अवधिमा एक हजार एक सय ९१ ऋणी कालोसूचीमा परेका हुन् ।

कर्जा सूचना केन्द्रले प्रकाशित गरेको तथ्यांक अनुसार यस महिनामा कृषि फार्मदेखि उद्योगी, व्यापारी, कम्पनी तथा व्यक्तिहरू कालोसूचीमा परेको देखिन्छ । त्यस्तै, उद्यमी, मार्ट, खुद्रा पसलेदेखि निर्माण व्यवसायीहरूसमेत यस अवधिका कालोसूचीमा परेका छन् । यस महिनाको पहिलो दिन अर्थात असोज २ गते ६६ जना ऋणीहरु कालोसूचीमा परेका छन् । जसमा र्याडिसन फेमिली रेष्टुरेरन्ट एण्ड पार्टी प्यालेस, जय श्रीकृष्ण कन्ट्रक्सन एण्ड सप्लायर्स, प्रिसियस लाइफ हेल्थ केयर, हिमशिखर ज्वलर्स लगायत रहेका छन् ।

त्यस्तै, असोज ३ गतेदेखि २३ गतेसम्मको अवधिमा शिव ओम विजनेश प्राइभेट लिमिटेड, हिमाल एग्रो हर्बल अगर्यानिक फार्मिङ प्राइभेट लिमिटेड, कम्पास इन्टरनेशनल ट्रेड, मंगलमुर्ती ज्वलर्स, पुर्वाञ्चल कम्युनिकेशन एण्ड सोलुसन लगायत ऋणीहरु कालोसूचीमा परेका परेका छन् ।

त्यसैगरि, समयमा कर्जा भुक्तानी गर्न नसक्दा नवलपुर फोहोर व्यवस्थापन तथा रिसाइकल ग्रुप, पाथिभरा मोबाइल एण्ड इलेक्ट्रिक, ग्लेसियर इन्टरनेशनल स्कुल एण्ड कलेज, राजदेवी इटा उद्योग, रमाइलोढाढा कृषि तथा पशुपंक्षी फार्म, न्यु एसके ज्वलर्स लगायत व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् ।

2160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका