जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल लाइफले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा छुट दिने

नेपाल लाइफले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा छुट दिने

नेपाल लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने भएको छ। बीमितहरुले भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्क भुक्तानी नगरी आर्थिक वर्ष २०७७ कात्तिक १५ देखि २०७९ कात्तिक १४ गतेभित्र व्यतीत भएका सम्पूर्ण बीमालेखमा नवीकरण लाग्ने विलम्ब शुल्कमा छुट दिने कम्पनीले जनाएको छ।

कम्पनीले कात्तिक १५ देखि २४ गतेसम्म नवीकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेखमा नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने भएको छ। कम्पनीका अनुसार बीमितले तिर्नुपर्ने किस्ताको विलम्ब शुल्कमा ३५ प्रतिशत छुट पाउने छन्।

दुई वर्षभन्दा बढी समयदेखि व्यतीत भएका बीमालेखको हकमा यो सुविधा लागू नहुने कम्पनीले जनाएको छ।

बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी भए पश्चात एक पटक छुट लिइसकेका बीमितहरुलाई पूरा बीमा अवधिभरी पुन : छुट नदिने कम्पनीले जनाएको छ।

3605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका