जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सर्वोच्चले माग्यो नयाँ स्टक र ब्रोकर थप्ने निर्णयको फाइल

सर्वोच्चले माग्यो नयाँ स्टक र ब्रोकर थप्ने निर्णयको फाइल

सर्वोच्च अदालतले नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाइसेन्स दिन धितोपत्र बोर्डले गरेको निर्णयको फाइल मागेको छ ।

मंगलबार न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयालको संयुक्त इजलासले बोर्डले उक्त प्रकृया अघि बढाउनका लागि गरेको मन्त्रिपरिषद तथा धितोपत्र बोर्डले गरेकाे निर्णयको फाइल मागेको हो ।

अधिवक्ता दिपकविक्रम मिश्रले तत्काल नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजारलाई लाइसेन्स दिने प्रकृया रोक्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई प्रतिवादी बनाएर असोज ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए । मिश्रले दायर गरेको रिट निवेदनमा अदालतले निर्णयको फाइल मागेको हो ।

धितोपत्र बोर्डले असोज २ गते नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजार सञ्चालनका लागि आवेदन खुला गरेको थियो । नयाँ ब्रोकर खोल्न आवेदन दिने ३० दिनको समय सकिएको छ ।

नयाँ ४५ र पुरानो एकसहित ४६ वटा कम्पनीले आवेदन दिएका छन् । नयाँ ब्रोकर र वस्तुविनिमय बजार सञ्चालनका लागि आवेदन दिने समय कात्तिक १५ गते सकिएको छ ।

नयाँ स्टक र वस्तुविनियम बजार सञ्चालनका लागि अहिलेसम्म कुनै पनि कम्पनीको आवेदन परेको छैन ।

2030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?