जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • एक सातामा बैंकहरूमा थपियो चार अर्ब निक्षेप

एक सातामा बैंकहरूमा थपियो चार अर्ब निक्षेप

एक साताको अवधिमा वाणिज्य बैंकहरुमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघका अनुसार मंसिर २ गतेदेखि ९ गतेसम्म बैंकहरुमा सो बराबरको निक्षेप थपिएको हो ।

बैंकर्स संघका अनुसार मंसिर २ गतेसम्म बैंकहरुमा ४५ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप मंसिर ९ गतेसम्म आइपुग्दा ४ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै, यस अवधिमा वाणिज्य बैंकहरुले कर्जा प्रवाह पनि बढाएका छन् । मंसिर २ गतेसम्म बैंकहरुले ४२ खर्ब १९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । मंसिर ९ गतेसम्म आइपुग्दा उक्त कर्जा प्रवाह ३ अर्ब रुपैयाँले बढेर ४२ खर्ब २२ अर्ब रुपैयाँमा सिमित बनेको संघको तथ्यांकमा उल्लेख छ ।

1595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका