जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • श्रेष्ठको अध्यक्षतामा नेपाल मर्चेन्ट बैंकर्स संघमा नयाँ नेतृत्व

श्रेष्ठको अध्यक्षतामा नेपाल मर्चेन्ट बैंकर्स संघमा नयाँ नेतृत्व

नेपाल मर्चेन्ट बैंकर्स संघमा नयाँ नेतृत्व चयन भएको छ । संघको आज सम्पन्न १३औं वार्षिक साधारण सभाले विजय लाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो । श्रेष्ठ सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत हुन् ।

त्यस्तै संघको उपाध्यक्षमा ग्लोबल आइएमई क्यापीटलका पारसमणि ढकाल, महासचिवमा एनआइसि एशिया क्यापिटलका रमेन्द्र रायमाझी र कोषाध्यक्षमा नबिल इन्भेष्टमेण्ट बैवैकिङका मनिष नारायण जोशी चयन भएका छन् ।

त्यस्तै संघको सदस्यहरुमा नागरिक लगानी कोषकानारायण प्रसाद घिमिरे, प्रभु क्यापिटलका दिनेश थकाली र नेपाल लाइफ क्यापिटलका नविन बास्कोटा चयन भएका छन् । संघका निवर्तमान अध्यक्ष मेख बहादुर थापा नयाँ कार्यसमितिमा मानार्थ सदस्यको रुपमा रहेका छन् । थापा एनआइविएल एस क्यापिटलका प्रमुख कार्यकरी अधिकृत हुन् ।

वार्षिक साधारण सभाले पेस भएका अन्य प्रस्ताव उपर छलफल गरी सर्वसम्मतीका साथ पारित गरेको छ ।

1500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?