जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल वीमा प्राधिकरणद्वारा ५ वटा जीवन वीमा कम्पनीहरुलाई स्पष्टिकरण पत्रः तत्कालै पूँजी बृद्धि र आईपीओ जारी नगरे कारवाही ?

नेपाल वीमा प्राधिकरणद्वारा ५ वटा जीवन वीमा कम्पनीहरुलाई स्पष्टिकरण पत्रः तत्कालै पूँजी बृद्धि र आईपीओ जारी नगरे कारवाही ?

नपालका नयाँ ५ वटा नयाँ जीवन बीमा कम्पनीहरुलाई तत्कालै साधारण शेयर (आईपीओ) जारी गर्न र पूँजी बृद्धिको प्रकृया शुरु गर्न नेपाल बीमा प्राधिकरणले पत्राचार नै गरेको भेटिएको छ । नेपाल बीमा प्राधिकरणले सिटिजस बैंकका प्रमोटर पाण्डे परिवार र कान्तिपुर समूहको लगानी रहेको सिटिजस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, चन्द्र प्रसाद ढकालको (आईएमई) समूहको चर्को लगानी रहेको आईएमई लाईफ इन्स्योरेन्स कम्पनी विवादास्पद केही माडवाडी समूदायको कालोधनलाई सेतो बनाउदै स्थापना भएको सन नेपाल लाईफा इन्स्योरेन्स कम्पनी, विवादास्पद घरजग्गा व्यवसायी कालु गुरुङ एवं ग्लोबल आईएमई बैंकको लगानी रहेको रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र केही विवादास्पद व्यपारीहरुको लगानी रहेको महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई तत्कालै साधारण शेयर (आईपीओ) जारी गर्न र पूँजी बृद्धि गर्न निर्देशनको पत्र पठाएको छ भन्दा अब फरक पर्दैन । हेक्का होस् ।
नेपाल बीमा प्राधिकरणले ५ वटा जीवन बीमा कम्पनीलाई तत्काल साधारण सेयर (आईपीओ) जारी गर्न र पूँजी बृद्धिका योजना सार्वजनिक गर्न निर्देशन दिएको भेटिएको छ । स्थापना भएको २÷३ वर्ष सम्म पनि आईपीओ जारी गर्न बाँकी रहेका ५ वटा जीवन बीमा कम्पनीलाई पत्राचार गर्दै नेपाल बीमा प्राधिकरणले यस्तो निर्देशन दिएको देखिन्छ ।

नेपाल बीमा प्राधिकरणले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई चुक्ता पुँजी बढाउनका लागि २०७९ चैतसम्मको समय दिएको बताएको छ । जसअनुसार जीवन बीमा कम्पनीले सो अवधिसम्ममा न्युनतम ५ अर्ब रुपैयाँको चुक्ता पुँजी पुर्याउनु पर्ने हुन्छ । सो अवधि भित्रमा चुक्ता पुँजी पुर्याउनको लागि पनि नेपाल बीमा प्राधिकरणले कम्पनीहरुलाई पत्र काट्दै छिटै साधारण सेयर जारी गर्न दवाव दिएको भेटिएको छ । साधारण सेयर निष्काशन गर्न बाँकी रहेका जीवन बीमा कम्पनीहरुमध्ये अधिकांश कम्पनी प्रिमियममा सेयर जारी गर्ने मनसायमा छन् ।

नेपाल बीमा प्राधिकरणले सिटिजस लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाईफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई पत्र काटेको नेपाल बीमा प्राधिकरण उच्च स्रोतको दाबी छ । भन्दा फरक पर्दैन । ‘आईपीओ जारी नगरेका र पूँजी बृद्धिको प्रकृया नथालेका नयाँ जीवन बीमा कम्पनीलाई अब आईपीओ जारी गर्नुपर्छ भनेर हामीले परिपत्र गरेका छौं,’ अध्यक्ष सिलवालले पंक्तिकारसंग प्रस्टै भनेः– ‘ती कम्पनीलाई डकुमेन्टसहित स्वीकृति लिन आई सकेसम्म छिटो दोश्रो बजारमा जान भनेका छौं नि । नेपाल बीमा प्राधिकरणले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई चुक्ता पुँजी बढाउनका लागि २०७९ चैतसम्मको समय दिएको बताएको छ । जसअनुसार जीवन बीमा कम्पनीले सो अवधिसम्ममा न्युनतम ५ अर्ब रुपैयाँको चुक्ता पुँजी पुर्याउनु पर्ने हुन्छ । सो अवधि भित्रमा चुक्ता पुँजी पुर्याउनको लागि पनि नेपाल बीमा प्राधिकरणले कम्पनीहरुलाई पत्र काट्दै छिटै साधारण सेयर जारी गर्न दवाव दिएको भेटिएको छ । साधारण सेयर निष्काशन गर्न बाँकी रहेका जीवन बीमा कम्पनीहरुमध्ये अधिकांश कम्पनी प्रिमियममा सेयर जारी गर्ने मनसायमा छन् । तर बीमा प्राधिकरणले प्रिमियममा सेयर जारी गर्न स्वीकृति दिन्छ या दिँदैन त्यो हेर्न बाँकी छ । ‘सेयर जारी गर्ने विषय नेपाल धितोपत्र बोर्डबाटै हुने हो, यसमा सेबोनले हेर्छ, यसमा हाम्रो टाउको दुखाई छैन तर समयमै गर्न हामीले पत्र नै पठाएका छौं नि अध्यक्ष सिलवालले पंक्तिकारसंग भने ।

भनिन्छ रिलायबल लाईफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा कूल ६० लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको भेटिएको छ । जसको लागि कम्पनीले प्रिमियम मूल्य समेत तोकिसकेको देखिन्छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप ११२ रुपैयाँ प्रिमियममा आईपीओ जारी गर्न बोर्डसँगै स्वीकृति मागेको भेटिएको छ । यससँगै बोर्डले स्वीकृति दिएमा कम्पनीले प्रतिकित्ता २१२ रुपैयाँमा (प्रमियम मूल्य सहित) १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ । उक्त आईपीओ जारी गर्न कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरिसकेको देखिन्छ ।

महालक्ष्मी र आईएमई लाइफ इन्स्योरेन्स पनि चुक्ता पुँजीको ३० प्रतिशत सेयर निष्काशन गर्ने तयारीमा देखिन्छ । तर, यी दुई इन्स्योरेन्स कम्पनीहरुले नेपाल बीमा प्राधिकरणका निर्देशन सधैं रद्दीको टोकरीमा फ्याक्दै आएको भेटिएको छ हेक्का होस् । सिटिजन लाइफ इन्स्योरेन्सले पनि प्रिमियम मूल्यमै सेयर जारी गर्ने तयारी गरिरहेको छ ।

माडवाडीहरुको इन्स्योरेन्स कम्पनी सन नेपाल लाइफ इन्स्योरेन्सले पनि प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रकृया अघि बढाएको देखिन्छ । कम्पनीले ६० लाख कित्ता सेयर प्रिमियममा निष्काशन गर्न लागेको हो । इन्स्योरेन्सको पछिल्लो वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित समेत गरिसकेको भेटिएको छ । महालक्ष्मी र आईएमई लाइफ इन्स्योरेन्स पनि चुक्ता पुँजीको ३० प्रतिशत सेयर निष्काशन गर्ने तयारीमा देखिन्छ । तर, यी दुई इन्स्योरेन्स कम्पनीहरुले नेपाल बीमा प्राधिकरणका निर्देशन सधैं रद्दीको टोकरीमा फ्याक्दै आएको भेटिएको छ हेक्का होस् । सिटिजन लाइफ इन्स्योरेन्सले पनि प्रिमियम मूल्यमै सेयर जारी गर्ने तयारी गरिरहेको छ । कम्पनीले चैतसम्ममा सेयर जारी गरी तोकिएको चुक्ता पुँजी पुर्याउने तयारी गरेको देखिन्छ । तर, यो कम्पनीको काम भन्दा कुरा बढि भएको ठम्याई छ भन्दा फरक पर्दैन । ठूला लगानीकर्ता रहेको घमण्ड देखाउँदै सिटिजस लाईफको सीइओ पोषक राज पौड्यालले बीमा प्राधिकरणका निर्देशन उलल्घन गर्दे आएको देखिन्छ । सचेत भया ।

2680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका