जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गरिमा विकास बैंकको साधारणसभा आह्वान

गरिमा विकास बैंकको साधारणसभा आह्वान

गरिमा विकास बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस २२ गते शुक्रबार पोखराको बिरौटा स्थित होटेल पोखरा ग्रान्डमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष २०७८/७९ सम्म सञ्चित रहेको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५० प्रतिशत नगद लाभांश गरि कुल १४.५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको साधारण सभाबाट स्वीकृत भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस ८ देखि पुस २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् बैंकको साधारणसभामा पेश हुने प्रस्ताव:

(क) सामान्य प्रस्तावहरु

(१) अध्यक्षज्यू को मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

(२) साविक सहारा विकास बैंक लिमिटेडको मिति २०७८ कार्तिक २७ गते सम्मको गरिमा विकास बैंक लिमिटेडमा सरेको हिसाब सहित गरिमा विकास बैंक लिमिटेडको आर्थिक बर्ष २०७८/७९ को लेखापरिक्षण प्रतिवेदन एवं २०७९ अषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा २०७८/७९ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण पारित गर्ने ।

(३) लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्नका लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।

(४) संचालक समितिको प्रस्ताव तथा नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम हाल कायम चुक्ता पुँजी रु. ४,५९,०८,७३,५०१.८९ (अक्षरेपी चार अर्ब उन्साठी करोड आठ लाख श्रीहत्तर हजार पाँच सय एक र पैसा उनानब्बे मात्र ) को १.५० प्रतिशतले हुन आउने रकम रु.६,८८,६३,१०२, ५३ (अक्षरेपी छ करोड अठासी लाख श्रीसठ्ठी हजार एक सय दुई र पैसा श्रीपन्न मात्र) बराबरको नगद लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

(ख) विशेष प्रस्तावहरु

(१) संचालक समितिको प्रस्ताव तथा नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम हाल कायम चुक्ता पुँजी रु. ४,५९,०८,७३,५०१.८९ (अक्षरेपी चार अर्ब उन्साठी करोड आठ लाख त्रीहत्तर हजार पाँच सय एक र पैसा उनानब्बे मात्र ) को १३.०० प्रतिशतले हुन आउने रकम रु. ५९, ६८, १३,५५५.२५ (अक्षरेपी उनान्साठी करोड असठ्ठी लाख तेह्र हजार पाँच सय पचपन्न र पैसा पच्चीस मात्र) बराबरको बोनस शेयर बितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने । साथै बोनश शेयर जारी गर्दा दशमलव पछिको शेयर (Fraction Share) अंकलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने र गरिमा विकास बैंक लिमिटेडले साविक सहारा विकास बैंक लिमिटेड प्राप्ति गरि मिति २०७८ कार्तिक २८ देखि एकीकृत कारोबार गरेको सन्दर्भमा प्रचलित कानून बमोजिम लाभांश कर छुट पाउने शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्नुका साथै कर छुट नपाउने शेयरधनीहरुको हकमा नगद लाभांशबाट कर भुक्तानी गर्ने प्रस्ताव पारित गर्ने ।

(२) विकास बैंक साविक अधिकृत पूँजीलाई बृद्धि गरी रु.५,२५०,०००,००० (अक्षरेपि पाँच अर्ब पच्चिस करोड मात्र ) कायम गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

(३) विशेष प्रस्ताव नं. (१) र (२) पारित भए बमोजिम हुने गरी विकास बैंकको प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

(४) गरिमा विकास बैंक लिमिटेडले अन्य ईजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था (हरु) एक आपसमा गाने / गाभिने (Merger) तथा अन्य बैंक तथा वित्तीय संस्था (हरु) प्राप्ति गर्ने (Acquisition ) सम्बन्धमा उपयुक्त बैंक तथा वित्तीय संस्था (हरु) खोजी गर्न उपयुक्त लागेको बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसन सम्बन्धी सहमतिपत्र (Memorendumn of Understanding ) तयार गरी हस्ताक्षर गर्न, सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन ( Due Diligence Audit) गर्ने मूल्यांकनकर्ता लेखापरीक्षक नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न र निजबाट बैंकको सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन ( Due Diligence Audit) गराउने, तथा गाभ्ने/ गाभिने ( Merger ) वा प्राप्ति गर्ने (Acquisition ) सम्बन्धमा नियमनकारी निकायहरुसंग सहमति लिने, गाभ्ने/गाभिने ( Merger) वा प्राप्ति गर्ने (Acquisition) सम्बन्धी कार्यको लागि प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने भएमा सो समेत गर्ने लगायतका सम्पूर्ण प्रक्रिया अवलम्बन गरी एक आपसमा गाभ्ने/गाभिने (Merger ) वा प्राप्ति गर्ने ( Acquisition ) सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

(५) विकास बैंकको प्रवन्धपत्रमा भएका संशोधनको स्वीकृति लिने क्रममा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायबाट फेरबदल, परिमार्जन, थपघट तथा संशोधन गर्नको लागि निर्देशन प्राप्त भएमा सो कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

1745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?