जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको एकिकृत कारोवार सुरु

नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको एकिकृत कारोवार सुरु

नेपाल बंगलादेश क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड एक आपसमा गाभिई पुष १ गतेदेखि एकिकृत कारोवारको घोषणा गरिएको छ ।

दुवै संस्थाको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डद्धारा जारी गरिएको धितोपत्र व्यबसायी (मर्चेन्ट बैँकर) नियमवाली २०६४ को नियम बमोजिम सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका बैंक वा वित्तीय संस्था एक आपसमा गाभिएमा वा कुनै एकले प्राप्त (मर्जर÷एक्विजिसन) गरेमा एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गर्नु पर्ने र गाभिने वा प्राप्त गर्ने कार्य सम्पन्न भएको छ महिनाभित्र मर्चेन्ट बैंकिंग व्यवसायको लागि एक मात्र सहायक कम्पनी कायम गरी सक्नु पर्ने कानुनी व्यवस्था अनुरुप यस संस्थाका प्रवर्धकनबिल बैंकले श्री एनबी बैंकलाई प्राप्ती गरेपश्चात् भदौं २१ गते यस संस्था र एनबी क्यापिटल बीच सैद्धान्तिक सहमति भई संयुक्त मर्जर कमिटी गठन गरिएको थियो ।

मंसिर १८ मा दुवै संस्थाले आ–आफ्नो विशेष साधारण सभा गरी एक आपसमा गाभ्ने गाभिने सम्बन्धि एजेन्डा पारित गरिएको थियो । बिशेष साधारण सभाबाट अनुमोदित निर्णय सहित दुवै संस्थाबाट एकिकृत कारोवारका लागि कम्पनी रजिष्ट्रारको कार्यलय निवेदन पेश गरिएको र कम्पनी रजिष्ट्रारबाट एकिकृत कारोवारको लागि स्विकृति प्राप्त भए पश्चात् गत मंसिर २७ गते यस कम्पनीको संचालक समितिको निर्णय बमोजिम आज पुष १ गतेका दिन देखि एकिकृत कारोवार गर्ने निर्णय बमोजिम उक्त घोषणा सभाको आयोजना गरिएको थियो ।

घोषणा सभामा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना लगाएत बैंकका उपप्रमुख कार्यकारी अधिकृतहरु तथा साविक नेपाल बंगलादेश क्यापिटलका सचालकहरु र नबिल ईन्भेष्टका संचालकज्यूहरुको उपस्थिती रहेको थियो ।

1530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका