जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • आइएमई इलेक्ट्रिकको नयाँ डिलर महाराजगञ्जमा

आइएमई इलेक्ट्रिकको नयाँ डिलर महाराजगञ्जमा

आइएमई इलेक्ट्रिकले राफ्ट इलेक्ट्रिक स्कुटरको निरन्तर बढ्दो नेटवर्कमा महाराजगञ्जस्थित गरिमा अटो कन्सर्नको रूपमा नयाँ डिलर थपेको छ ।

उक्त डिलरको नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङका साथै आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रममा कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रयोगले इन्धन आयात घटाउन र स्थानीय रूपमा उत्पादित बिजुलीको प्रयोगलाई प्रवद्र्घन गर्न मद्दत गर्ने बताए । ‘विशेषगरी राती गाडी चार्ज गर्दा ग्राहकहरूका लागि विद्युतीय सवारी साधनको प्रयोगमा ठूलो बचत हुन्छ,’ उनले भने, ‘आइएमई जस्ता समूहले विद्युतीय सवारी साधनको प्रवद्र्धन गरिरहेकोमा म धेरै खुसी छु, म आइएमई र गरिमालाई व्यापार वृद्धिको लागि शुभकामना दिन्छु ।’

यस्तै, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई इलेक्ट्रिकले ई–मोबिलिटीमा अगुवा बन्ने लक्ष्य राखेको बताए । ‘नयाँ ऊर्जा सवारी साधन चलाउँदा जनताको पहिलो रोजाइ बन्न चाहन्छौ,राफ्ट टू–व्हीलर अक्टोबर २२ मा प्रस्तुत गरिएको थियो; र नेपालमा निकै लोकप्रिय बन्दै गएको छ, हामीले तीन महिनाभित्रै सयभन्दा बढी युनिट बिक्री गरिसकेका छौं,’ उनले भने ।

1000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?