जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सेञ्चुरी प्राप्तिपश्चात् प्रभु बैंक : ब्याज आम्दानी २० प्रतिशत बढ्यो, नाफा १.१९ अर्ब

सेञ्चुरी प्राप्तिपश्चात् प्रभु बैंक : ब्याज आम्दानी २० प्रतिशत बढ्यो, नाफा १.१९ अर्ब

सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपश्चात् प्रभु बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा ४.९२ प्रतिशत घटेर १ अर्ब १९ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब २६ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २०.०३ प्रतिशत बढेर ३ अर्ब ३९ करोड ८ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.७३ प्रतिशत बढेर ४ अर्ब ३५ करोड ९४ लाख रुपैयाँ, सञ्चालन नाफा १२.५२ प्रतिशत घटेर १ अर्ब ६३ करोड ४१ लख रुपैयाँ र वितरणयोग्य नाफा ३६ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ८५.२५ प्रतिशत बढेर २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ, जगेडा कोष ४६.६९ प्रतिशत बढेर ९ अर्ब ४४ करोड रुपैयाँ, निक्षेप ५१.६५ प्रतिशत बढेर २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ र कर्जा ६८.७९ प्रतिशत बढेर २ खर्ब ४५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६७ पैसा घटेर १० रुपैयाँ १९ पैसामा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात २०.७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ १२ पैसा रहेको छ ।

प्रभु बैंक र सेञ्चुरी बैंकबीच गत पुस २६ गते एकिकृत कारोबार सुरु भएको हो ।

1540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका