जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • नेको इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

नेको इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

नेको इन्स्योरेन्सको आफ्नो २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा नक्साल स्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७९ प्रतिशत नगद लाभांश गरि कुल १५ दशमलव ७९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्नु हुने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ । आर्थिक वर्ष २०७८/७२ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु उपर छलफल गरि उक्त प्रस्ताव पारित गरेको छ ।

कम्पनी ऐनको दफा १११ बमोजिम आर्थिक वर्ष २०७९ /२०८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, बोनश शेयर जारी गर्दा आउने खण्डित शेयरलाई पछि मिलान गर्ने गरी कम्पनीको हिसावमा राख्ने, निम्न विषयका सम्बन्धमा प्रवन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गरेको छ ।

उक्त संशोधनहरुमा नियामक निकायहरुबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले कम्पनीको अधिकृत पूँजी बृद्धि गर्ने सम्बन्धमा, जारी गरिने बोनश शेयरको हदसम्म जारी पूँजी तथा चूक्ता पूँजी बृद्धि गर्ने, शेयर संरचना अनुसार संचालक समितिमा प्रतिनिधित्व गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

1600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका