जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेपाल लाइफको नाफा २३७.२९ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

नेपाल लाइफको नाफा २३७.२९ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा ४४ करोड १ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २३७.२९ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १३ करोड ४ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा इन्स्योरेन्सले १८ अर्ब ४० करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६० प्रतिशत बढी हो । गत आवको सोही अवधिमा इन्स्योरेन्सले १८ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

इन्स्योरेन्सले यस अवधिमा पुनर्बीमा कमिशन आयबाट ७८ लाख ७० हजार रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ र बीमालेखको धितोमा कर्जाबाट १ अर्ब ५७ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

गत आवको सोही अवधिको तुलनामा इन्स्योरेन्सको जगेडा कोषको आकार ७२.५९ प्रतिशतले घटेर ४८ करोड ४ लाख रुपैयाँमा सीमित भएको छ । यस्तै, यस अवधिमा इन्स्योरेन्सको बीमा कोषको आकार २०.८४ प्रतिशतले बढेर १ खर्ब ५० अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको चुक्ता पुँजी १४ प्रतिशतले बढेर ८ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

इन्स्योरेन्सले यस अवधिमा ४३ हजार १४६ वटा बीमा दाबीवापत ७ अर्ब ८६ करोड ७५ लाख रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्सले १ अर्ब १० करोड रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

यस अवधिमा कम्पनीले १ अर्ब ५३ करोड ८० लाख ५१ हजार रुपैयाँ अभिकर्तालाई कमिशन दिएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले अभिकर्तालाई १ अर्ब ८४ करोड ४६ लाख ८२ हजार रुपैयाँ कमिशन दिएको थियो ।

पुस मसान्तसम्म कम्पनीको लगानी २०.४६ प्रतिशत बढेर १ अर्ब ५६ करोड ४५ लाख ३२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २९ करोड ८७ लाख ५७ हजार रुपैयाँ लगानी गरेको थियो । यस्तै, कम्पनीले ५१ प्रतिशत सेयर बराबरको रकम १५.२० करोड दिर्घकालीन क्षेत्रमा लगानी गरेको छ ।

1600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका