जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • कुमारी बैंकद्वारा ५० स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कुमारी बैंकद्वारा ५० स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कुमारी बैंकले आफ्ना शाखाहरुको सहभागितामा देशका ५० भन्दा बढी स्थानमा विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ । वित्तीय साक्षरता कार्यक्रम देशका विभिन्न पेशाकर्मी, विद्यार्थीहरु, श्रमीक समुह, खेलाडीहरु, सुगम तथा दुर्गम क्षेत्रमा अवस्थित समुदायहरुलाई लक्षित गरी सम्पन्न गरिएको थियो ।

बैंकको कार्यक्रममा तीन हजार भन्दा बढीको सहभागिता रहेको थियो । बैंकले कर्णाली, सुदूरपश्चिम, मधेसका दुर्गम क्षेत्र लगायत देशका सबै भागमा समान रूपमा कार्यक्रम सञ्चालन गरेकोे थियो ।

दुर्गम स्थानहरू र समुदायमा  वित्तीय साक्षरता कार्यक्रम :

बैंकले रुकुम, दैलेख र कर्णाली प्रदेश साथै अन्य क्षेत्रहरुमा वित्तिय सचेतना कार्यक्रम सञ्चालन गरेको छ । छनोट गरिएका क्षेत्रहरूमा युवा, महिला, वृद्ध लगायतका समुहका सहभागीहरु समावेश भएका थिए ।

बैंकले वित्तीय साक्षरताको महत्व युवा विद्यार्थीहरुका साथै अन्य वर्ग, समुदायमा पनि समान रहेको आवश्यकता लाई आत्मसात गर्दै विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरि कार्यक्रमहरु सञ्चालनमा ल्याएको थियो । श्रमिक समूह, पेशाकर्र्मी, खेलाडी, सामुदायिक सदस्य, कृषक र अवकाश प्राप्त व्यक्तिहरु सम्म पुगेर बैंकले आर्थिक रुपमा सचेत समाज निर्माण गर्ने दिशामा पाइला चाल्दै आएको छ ।

बैंकले २०७९ लाई वित्तीय साक्षरता वर्षको रूपमा पनि मनाउदै आएको छ । साथै वित्तीय साक्षरता उद्देश्यप्रति बैंकको दीर्घकालीन प्रतिबद्धतालाई बैंकले आयोजना गर्ने गरेका कार्यक्रमहरुले समेत दर्शाउदै आएको छ ।

मुख्य जोड महिला समूहहरू :

बैंकले महिला समूहको महत्वलाई परिवारको आर्थिक व्यवस्थापन र तिनीहरू संलग्न संस्थाहरूको अभिन्न अंगको रूपमा महसुस गरेको छ, त्यसैले कुमारी बैंकका कार्यक्रमहरू पनि सबै क्षेत्रहरूमा महिला समूहहरूलाई लक्षित गरि संचालन गरिएको थियो ।

    

3820
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्