जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • वर्ष २०७९: आर्थिक मन्दी र ब्याजदर वृद्धिले सुस्ताएको अटोमोबाइल क्षेत्र, अब तंग्रिएला ?

वर्ष २०७९: आर्थिक मन्दी र ब्याजदर वृद्धिले सुस्ताएको अटोमोबाइल क्षेत्र, अब तंग्रिएला ?

तत्कालिन सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाब गरेको भन्दै गत वर्ष २०७९ को बैशाख १४ गतेदेखि आयात प्रतिबन्ध गर्यो । त्यति बेला निजी प्रयोजनका (जीप, कार र भ्यान) जस्ता सवारी साधानहरुको आयातमा सरकारले तगारो लगायो । करिव साढे ८ महिनासम्म लगाइएको आयात प्रतिबन्धले नेपाली अटोमोबाइल क्षेत्र एकदमै संकटग्रस्त बन्यो । अधिकांश व्यवसायीहरु पनि लगभग पलायन हुने अवस्थामा पुगे, कति धरासायी नै बने । यो नै अटोमोबाइल क्षेत्रको लागि २०७९ मा निकै दुःखद रह्यो । सरकार र नेपाल राष्ट्र बैंकले आयातमा गरको कडाईका कारण नेपाली अटो मोबाइल क्षेत्र अत्यन्तै कठिन स्थितिमा गुज्रिएको वर्ष बन्यो २०७९ ।

यता, गत आर्थिक वर्षको सुरुदेखि नै बैंकिङ क्षेत्रमा तरलता अभाव व्यापाक रुपमा हुँदै आएको छ । अझै पनि बैंकहरु तरलताको हिसावले सहज अवस्थामा छैनन् । तरलता अभाव दैनिक रुपमा बढेपछि बैंक तथा वित्तीय संस्थाहरुसंग कर्जा लगानीयोग्य रकम पनि अभाव नै भयो । बैंकहरुले सहज रुपमा कर्जा प्रवाह गर्न नसकेपछि त्यसको सिधा मार अटोमोबाइल व्यवसायीलाई नै पर्न गयो । नियामक निकायले कर्जा प्रवाहलाई कसिलो बनाउँदा अटोबाइल क्षेत्र धरासायी अवस्थामा पुग्यो । यसकारण पनि अटोमोबाइल क्षेत्र तहसनहसको बन्यो ।

तरलता अभाव र आयातमा गरिएको प्रतिबन्धले २०७९ मा अटोमोबाइल क्षेत्र चौतर्फी मारमा पर्न गर्यो । त्यो संकटपुर्ण अवस्थाबाट अझै माथि उठ्न सकिरहेको अवस्था छैन । सोचेजति र सहज रुपमा गाडी बेच्न नपाउँदा अहिले नेपाली अटोमोबाइल क्षेत्रलाई तंग्रिन पनि सकहपूर्ण नै देखिन्छ । तरलता अभवासंगै ब्याजदर वृद्धि पनि चपेटा पर्यो अटोमोबाइल क्षेत्र । बजारमा तरलता अभाव र ब्याजदर वृद्धिको मारमा यति उद्योगी व्यवसायीहरु छन् । यसको चेपुवामा विशेष अटोमोबाइल व्यवसायीहरु छन् । ब्याजदर वृद्धिले बजारको मागमा पनि सुस्त नै छ ।

आर्थिक संकुचनको असरले सवारी साधान माग घट्दो छ । उसो त यस अटोमोबाइल व्यवासय कोरोना महामारीबाट पनि नमज्जाले प्रभावित भएको थियो । कोरोना भाइरसको प्रभावले लामो समय व्यापार ठप्प नै भएको थियो । त्यस लगत्तै सरकारले उच्च आयातका कारण तरलता अभाव भएको भन्दै आयातमा समेत कडाई गरेको थियो । सरकारले विलासिताको वस्तु आयातमा प्रतिबन्ध समेत लगायो । आयातमा प्रतिवन्ध र मार्जिनको व्यवस्थाले अटोमोबाइल क्षेत्रमा निकै नै धक्का पुग्यो । पछिल्लो समय थप तरलता अभाव र ब्याजदर वृद्धिले अटोमोबाइल क्षेत्रका व्यवसास धरासायी भएका भन्दै आन्दोलनमा समेत उत्रिएका थिए । अटोमोबाईल क्षेत्रमा मागसंगै कारोबार पनि उत्तिकै संकुचन आएको व्यवसायीहरु बताउँछन् । यसले पनि वर्ष २०७९ मा अटोमोबाइल क्षेत्र सकसपूर्ण अवस्थामा बित्यो ।

करिव आठ महिनामा लगाइएको आयात प्रतिवन्धले सबैभन्दा ठुलो धक्का पुगेको व्यवसायीहरु बताउँछन् । आयात प्रतिबन्धले अटोमोबाइल बजार झण्डै ९० प्रतिशत ओरालो लागेको व्यवासयीहरुको दावी पनि गर्दै आएका छन् । यस व्यवसायलाई पहिलो कै अवस्थामा फर्काउन निकै नै मुस्किल छ । व्यवासय ठप्प भएकै कारण पछिल्लो समय सवारीसाधानहरुको सोरुम तथा डिलरहरु बन्द गर्ने अवस्थामा पुगे । जुन अटोमोबाइल क्षेत्रका लागि सबैभन्दा दुर्भाग्य ठहरियो । सरकारले विभिन्न चरणमा ल्याएका नीतिहरुको कारण अटोमोवाइल व्यवसायीहरु धरासायी हुने अवस्थामा पुगेको व्यवासयीहरुको भनाई छ ।

बैंक लगायतका वित्तिय निकायहरुले लगाएको उच्च ब्याजदर, अटो लोन हायर पर्चेज कर्जामा जोखिम भार १५० प्रतिशतमा पु¥याइएको, बैंकहरुबाट नीजि सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको सीमा ५० प्रतिशत पु¥याइएको आदि विभिन्न कारणले बजारमा सवारी साधनहरु बिक्री हुन सकेन । नाडाका अनुसार त यस करिव ९ महिनाको अवधिमा ५८ वटा अटो डिलर तथा सोरुम बन्द हु्न पुगेको दावी छ । झण्डै ३० हजार बढी व्यवसायी कर्मचारी प्रभावित हुन् पुगेका उनीहरुको बताउँदै आएका छन् । यसकारण पनि २०७९ अटो मोबाइल क्षेत्रका लागि निकै कष्टर बन्न पुग्यो ।

अटो व्यवसायले प्रत्यक्ष एक लाख र अप्रत्यक्ष रूपमा झण्डै दश लाख जनालाई रोजगारी प्रदान गरेको नाडाको दावी छ । यसका साथै यस क्षेत्रले नेपालको विज्ञापन बजारमा ४० प्रतिशत र निर्जिवन बिमाको कुल राजश्वमा ५० प्रतिशत हिस्सा अटोमोबाइल क्षेत्रले हिस्सामा योगदान पुयाउँदै आएको छ । यद्यपि, गत पुस १ गतेदेखि सवारी साधानमा लगाइएको आयातमा प्रतिवन्ध पनि हटाएको छ । आयात प्रतिवन्ध हटाएपनि सोँचे जस्तो व्यापार नभएपछि व्यवसायी पनि मारमै छन् । आयात प्रतिबन्ध खुलाभएपनि बजार माग नहुँदा पनि व्यापार खस्किँदै गएको छ ।

आर्थिक मन्दीले बजार माग पनि सुस्ताएको छ । तर, पनि व्यवसायीहरु अब गति लिने आशामा छन् । पछिल्लो समय अर्थतन्त्रका सूचकहरु सबल बन्दै गएको, ब्याजदर पनि घटेकाले पनि अब भने व्यवासयले गति लिने अपेक्षा व्यवसायीहरुको छ ।

1245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका