जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • गुडविल फाइनान्सले डाक्यो वार्षिक साधारणसभा

गुडविल फाइनान्सले डाक्यो वार्षिक साधारणसभा

गुडविल फाइनान्सले आफ्नो १८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको आज दिउँसो ३ बजे बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको हात्तीसारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ।

यसअघि गत जेठ १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको थियो। सोही कारण उक्त वर्षका लागि सेयरधनीहरुले लाभांश पाउने छैनन्।

वार्षिक साधारणसभा प्रयोजनार्थ गुडविल फाइनान्सले आउँदो असार १२ गतेदेखि असार २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउँछन्।

3710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?