जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अपाचे ओनर्स ग्रुपको मार्सल मिटका साथै एनिभर्सरी राइड

अपाचे ओनर्स ग्रुपको मार्सल मिटका साथै एनिभर्सरी राइड

‘सामूहिक पहलद्वारा सबथोक सम्भव छ’ भन्ने भावनालाई बाइकिङ कल्चरमार्फत युवाहरुको मनमा स्थापित गर्ने लक्ष्यका साथ सुरुवात गरिएको अपाचे ओनर्स ग्रुप (एओजी)ले असार ८ गते शुक्रबार मार्सल मिट र असार ९ गते आफ्नो एनिभर्सरी राइड कार्यक्रमहरु भब्यताका साथ सम्पन्न गरेको छ।

एओजीद्वारा नक्साल स्थित क्राउन प्लाजा होटलमा आयोजित मार्सल मिटमा देशभरबाट १५ जना मार्सलहरुको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा देशभरबाट आएका सबै मार्सललाई हेड मार्सल गौरव कुमार पाठक मार्फत सवारी सम्बन्धी जानकारी र सुरक्षित यात्राका लागि आवश्यक तालिम प्रदान गरेका थिए। तालिमले अपाचे ओनर्स ग्रुपलाई अझ बलियो बनाएको छ भने तालिम प्राप्त मार्सल द्वारा नेतृत्व गरिने भविष्यका राइडहरु थप सुरक्षित र रमाइलो बन्ने निश्चित भएको छ। नेपाली युवाहरुमाझ रहेको बाइकिङ प्रतिको प्रेमलाई एओजीमार्फत एक बनाउँदै एकआपसमा भाइचाराको भावनालाई प्रोत्साहन गर्नका निम्ति टीभीएस लामो समयदेखि लागिपरेको छ।

त्यसैगरी, कम्पनीले आन्तरिक पर्यटन प्रवर्द्धनको लक्ष्यका साथ आफ्नो एनिभर्सरी राइडपनि भब्यताका साथ सुसम्पन्न गरेको छ। ७० भन्दा बढी राइडरहरुको सहभागिता रहेको काठमाण्डौको भृकुटीमन्डपस्थित नेपाल पर्यटन बोर्डको अफिसबाट सुरु भएको उक्त राइड मिनी इलाम, भोटेचौर पुगेर पुनः साँझ काठमाण्डौमै फर्किएर समापन गरिएको थियो।

उक्त कार्यक्रममार्फत केही समयअघि एओजीद्वारा आयोजित मार्कयु राइडमा सहभागी भेटरान राइडर्स तथा मोटो भ्लगर्स विजय मोक्तान, प्रमोद श्रेष्ठ (गुफी), अवशिस ओझा र सागर थापालाई सम्मानपत्रका साथै मायाको चिनोसहित सम्मान गरेको थियो। यसका साथै समस्त सहभागी राइडरहरुलाई  पनि मायाँको चिनो तथा गिफ्ट ह्याम्पियर बाँडेको थियो।

स्थापनाको पहिलो वर्षमै अपाचे ओनर्स ग्रुपले देशभरबाट ३००० भन्दा बढी सदस्य बटुल्न सफल भएको छ र हालसम्म च्याप्टर र मार्सल राइड गरी ४२ वटा राइड सफलतापूर्वक सञ्चालन गरिसकेको छ। त्यसमध्ये चित्लाङसम्मको नाइट राइड र ७००० किलोमिटर लामो अन्तर्राष्ट्रिय राइड पनि रहेको छ।

एओजी बाइकिङ कल्चर प्रवर्द्धनकै निम्ति नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले गठन गरेको एक ग्रुप हो। कम्पनीले एओजी राइडमा सहभागी राइडर्सको गु्रप च्याटपनि भाइबर मार्फत स्थापना गरेको छ। सो च्याटमा आफ्नो बाइक वा राइडसम्बन्धी कुनै पनि समस्या पर्दा सहजै समाधान प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

बाइकिङबाट समाजिक कार्यमा सहयोग पुर्याउने र युवाहरुलाई एकअर्कासँग जोड्ने एक प्रभावकारी समुहका रुपमा टीभीएसले अपाचे ओनर्स ग्रुप (एओजी)लाई विगतको एक वर्षदेखि अघि बढाइरहेको छ। स्थापनाकालदेखि नै यस ग्रुपले विभिन्न आकर्षक र मनोरञ्जनात्मक कार्यक्रममार्फत युवाको बाइकिङप्रतिको लगावलाई प्रोत्साहन दिँदै सामाजिक कार्यहरुमा पनि संलग्न रहँदै आएको छ।

जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक हो। देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकलाई सन्तुष्ट बनाउन सफल भएको छ। गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टीभीएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ।

1145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका