जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • एनआइसी एशिया बैंकको नाफा ४ अर्ब ६५ करोड

एनआइसी एशिया बैंकको नाफा ४ अर्ब ६५ करोड

गत आर्थिक वर्षमा एनआइसी एशिया बैंकले ४ अर्ब ६५ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १०.३५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ४ अर्ब २१ करोड ४९ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ ।

असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । जसको प्रभाव नाफामा देखिएको छ । असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ९.५८ प्रतिशतले बढेर १२ अर्ब ३७ करोड ११ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १४.४५ प्रतिशतले बढेर ६ अर्ब ८२ करोड ७३ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६९ करोड ८८ लाख ३४ हजार रुपैयाँ रहेको छ । ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैकको जगेडा कोषयमा १४ अर्ब ३८ करोड ८४ लाख ३८ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.८० प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ ४१ पैसा रहेको छ ।

620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका