जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • मुक्तिनाथ बैंकका ग्राहकहरुलाई एभरेष्ट ओल्ड होटेल र छाँया अस्पतालमा विशेष छुट

मुक्तिनाथ बैंकका ग्राहकहरुलाई एभरेष्ट ओल्ड होटेल र छाँया अस्पतालमा विशेष छुट

मुक्तिनाथ विकास बैंकले अर्घाखाँचीको सन्धिखर्कमा रहेको एभरेष्ट ओल्ड होटेल अर्घाखाँची प्रालि छाँया अस्पतालसँग सम्झौता गरेको छ । बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन र छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो ।

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले एभरेष्ट ओल्ड होटेल अर्घाखाँचीमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस्तै, छाँया अस्पतालको विभिन्न सेवाहरु जस्तै बेड चार्ज, सर्जरी, चेकअप, ओपिडि, ल्याब टेस्टहरुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

1345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका