जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सिटिजन्स बैंक इन्टरनेशलले बोलायो साधारण सभा

सिटिजन्स बैंक इन्टरनेशलले बोलायो साधारण सभा

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आगामी १५औं वार्षिक साधारण सभा कात्तिक १६ गतेका लागि बोलाएको छ । बैंको असोज २५ गतेको सञ्चालक समितिको बैठकले बैंकको प्रधान कार्यालय, नारायणहिटी, काठमाडौंमा साझ ४ बजे सभा बोलाएको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी सभा भने भर्चुअल माध्यमबाट हुनेछ । 

बैंकले साधारण सभाको मिति तय गर्नुअघिनै बुक क्लोजको मिति भने तय गरिसकेको थियो । सभा प्रयोजनका लागि बैंकले असोज २२ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा बैंकको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न असोज २० गतेसम्म कायम शेयरधनीहरु मात्र योग्य भएका छन् । 

सभाले प्रस्तावित कुल १६ प्रतिशत लाभांश सहित गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नेछ । बैंकको असोज ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव शून्य ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल बैंकको चुक्तापूँजी रू. १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरण गर्ने भएको हो । 

बैंकले यस वर्ष विगत तीन आर्थिक वर्ष यताकै उच्च लाभांश वितरण गर्न लागेको हो । आर्थिक वर्ष ०७३/७४ मा १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले त्यसपछिकै सर्वाधिक लाभांश यो वर्ष घोषणा गरेको हो । अघिल्ला तीन आर्थिक वर्ष ०७४/७५ मा ३ दशमलव ६२८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ६३५ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले आर्थिक वर्ष ०७५/७६ मा ३ प्रतिशत बोनस शेयर र १२ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो । अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा भने बैंकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

लाभांश प्रस्तावसँगै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिकको विषय पनि सभाले तय गर्नेछ । साथै सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व हुने गरी दुई जना सञ्चालक निर्वाचनको विषय पनि सभाका लागि तय भएको छ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँगै मर्जर तथा प्राप्ती प्रयोजनमा जाने भएमा पनि त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । 

5050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका