जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • डेल्टा अटोकर्पले नेपाली बजारमा ल्यायो नयाँ अप्रिलिया एसआर १६०

डेल्टा अटोकर्पले नेपाली बजारमा ल्यायो नयाँ अप्रिलिया एसआर १६०

डेल्टा अटोकर्प प्रालिले इटालियन पियाजियो ग्रुपको १०० प्रतिशत भारतीय सहायक कम्पनी र आइकोनिक भेस्पा र स्पोर्टी अप्रिलिया रेन्जको स्कूटर निर्माताले नेपालका लागि नयाँ अप्रिलिया एसआर १६० ल्याएको छ।

नयाँ अप्रिलिया एसआर १६० प्राविधिकरुपमा अत्याधुनिक आई–गेट इन्जिनले सुसज्जित छ। जसले सवारी चालकलाई उनीहरुको दैनिक सिग्नल–टु–सिग्नलको दौड जित्नका लागि एक्सेलेरेसनमा महत्वपूर्ण फाइदा दिन तयार गरिएको छ। आधुनिक सहरी चालकहरुको माग पूरा गर्न डिजाइन गरिएको अप्रिलिया एसआर १६०, यसको उच्च प्रदर्शन र आकर्षक स्पोर्टी लुकका लागि परिचित छ र यो राइडरहरुकोरोजाइमा पर्ने स्कुटर हो।

अप्रिलिया एसआर १६० मा शक्तिशाली १६०अअ इन्जिन छ र यो मात्र ७.५ सेकेन्डभित्रै ० देखि ६० किलोमिटर प्रतिघन्टा सहजै जान्छ। यो स्कुटर सहरी सडकहरुमा चलाउन सजिलो छ। विशेषगरी ट्राफिकमा यसले ज्यादै उपयोगी फाइदा दिन्छ। यो पूर्ण डिजिटल डिस्प्ले, आधुनिक एबीएस, टेलिस्कोपिक फ्रन्ट फोर्क, सुरक्षित र रोमाञ्चक सवारी अनुभव सुनिश्चित गर्ने अन्य सुविधाहरुले पनि सुसज्जित छ। यसको स्पोर्टी डिजाइन र उत्कृष्ट ह्यान्डलिंगले गर्दा यो सहरी चालकहरु र युवा चालकहरुका लागि एक उचित विकल्प बन्नेछ।

पियाजियो भेहिकल प्रालिका अध्यक्ष एवं प्रबन्ध निर्देशक डिएगो ग्राप्mफीले नेपालको दुईपांग्रे सवारीको क्षेत्रमा थपिएको यो महत्वपूर्ण सवारीका बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘अप्रिलिया पियाजियो ग्रुपको प्रमुख ब्रान्ड हो र अप्रिलिया एसआरको रोमाञ्चक गति र उच्च गतिशीलताका कारण यो सडकमा रहेका अन्य सबै स्कुटरहरुभन्दा एक स्थान माथि छ। पियाजियोमा हामी विश्वभरका ग्राहकहरुलाई नवीनतम र उच्च गुणस्तरको गतिशीलता समाधानहरु प्रदान गर्न प्रतिबद्ध छौँ र हामी विश्वस्त छौं कि अप्रिलिया एसआर १६० ले आफ्नो प्रदर्शन, शैली र आधुनिक सुविधाहरुको मिश्रणले नेपाली राइडरहरुको मन जित्न सफल हुनेछ।’

पियाजियो भेहिकल एक्स्पोर्ट्सका उपाध्यक्ष धिरज त्रिपाठीले भने, ‘हामी अप्रिलिया एसआर १६० लाई नेपाली बजारमा प्रस्तुत गर्न पाउँदा ज्यादै उत्साहित छौँ। यस स्कुटरले आफ्नो अद्भूत प्रदर्शन र पृथक डिजाइनको कारणले विश्वव्यापी रुपमा प्रशंसा कमाउन सफल भएको छ। नेपालको विविध भूभागले गर्दा, नेपाल हाम्रो उत्पादनका लागि रोमाञ्चक बजार होर हामी विश्वास गर्छौं कि अप्रिलिया एसआर १६० लाई नेपाली राइडरहरुले आफ्नो आकांक्षा अनुरुप नै पाउनुहुनेछ।’

यो नयाँ प्रोडक्ट लन्चिङका बारेमा आफ्नो उत्साह व्यक्त गर्दै डेल्टा अटोकर्पका अध्यक्ष पुलकित भिमसरियाले भने, ‘हामी नेपालका उत्साही राइडरहरुका लागि अप्रिलिया एसआर १६० ल्याउन पाउँदा खुसी छौँ। यो स्कुटरले ईटालियन फ्लेयर र उत्कृष्ट इन्जिनियरिङको उदाहरण दिन्छ। हामी विश्वस्त छौँ कि नयाँं अप्रिलिया एसआर १६० नेपालको स्कुटर बजारमा स्टाइल, पफर्मेन्स र एडभान्स सुबिधाहरुको प्रतिक बन्नेछ।’

डेल्टा अटोकर्पका निर्देशक एवं सीईओ विजयकुमार महतोले भने, ‘हामी नेपाली बजारमा रोमांचिक अप्रिलिया एसआर १६० प्रस्तुत गर्न पाउँदा खुसी छौँ। यस स्कुटरलेअरु भन्दा भिन्देै प्रदर्शन र प्रतिष्ठत डिजाइनका लागि बिश्वब्यापि रुपमा प्रशंसकहरुको संख्या कमायको छ। यस उत्पादनले नेपालका विविध भूभागहरुलाई समेट्नेछ र हामी विश्वास गर्छौ कि अप्रिलिया एसआर १६० ले नेपाली राइडरहरुका आकांक्षालाई राम्रो संग प्रतिनिधित्व गर्नेछ।’

पियाजियो भेहिकलले नेपाली ग्राहकसमक्ष स्कुटरलाई सहजै पुर्याउन र बिक्रीपछिको बृहत सेवा सञ्जाल प्रदान गर्न नेपालका लागि भेस्पा र अप्रिलियाको आधिकारिक वितरक र आयातकर्ता डेल्टा अटोकर्पमार्फत अप्रिलिया एसआर १६० को बिक्री गर्नेछ। अप्रिलिया एसआर १६० भारतबाट सीधै आयात गरिनेछ र यो कालो, रातो, सेतो, निलो र खरानी रङहरुमा उपलब्ध हुनेछ।

आजबाट सुरु भएको अटो शोमा यसको अनावरण गरिएको छ। आजैदेखि सर्वसाधारणका लागि बिक्रीका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसको मूल्य रु. ३ लाख ९५ हजार ९०० बाट सुरु हुनेछ।

1440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका