जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • जसलाई पनि ईभी आयात गर्न दिनुभएन : बैंकर्स संघ

जसलाई पनि ईभी आयात गर्न दिनुभएन : बैंकर्स संघ

नेपाल बैंकर्स संघ अध्यक्ष सन्तोष कोइरालाले जसलाई पनि विद्युतीय सवारीसाधन (ईभी) आयात गर्न दिन नहुने बताएका छन् ।नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘नाडा अटो डाइलग’ कार्यक्रममा कोइरालाले पछिल्लो समय जसले पनि ईभी आयात गरिरहेको बताएका हुन् ।

संघ अध्यक्ष कोइरालाले अटो डाइलग अन्तर्गत ‘लङ टर्म पोलिसी फर अटो सेक्टर’ को प्यानल छलफलमा राज्यले कसलाई आयात गर्न दिने, कसरी ल्याउने र आयातकर्ताले यहाँका लागि बनाएका ईभीको पूर्वाधार हेर्नुपर्ने बताए ।

‘अहिले त हामी बैंकरहरूले पनि ऋण दिने बेलामा धेरै सोच्नुपर्ने देखिएको छ । जसले पनि ईभी ल्याएको छ । हिजो हाइड्रोपावरमा, कृषिमा काम गरिरहेकाहरू पनि आज चाइना गएर ईभी ल्याइरहेका छन् । राज्यले कस्ता ईभी कसले ल्याउने भन्नेबारे सोच्ने बेला भइसकेको छ,’ कोइरालाले भने ।

उनले प्यासेन्जर भेहिकलमा पनि चासो रहेको भन्दै प्रश्न गरे । ‘ब्याट्रीको कुरा के हो ? प्रविधिहरू कस्ता छन् ? ईभी बिग्रियो भने बनाउने इन्जिनियरिङ नेपालमा छ कि छैन ? बैंकहरूले सोच्न बाध्य भएका छन् । डाउन पेमेन्ट ५० ठिक कि ६० कि ८० भन्ने पनि छ,’ उनले भने । बैंकहरूलाई ईभीमा ऋण दिँदा २ वर्ष मजाले चलाए त्यसपछि गाडी छाडेर हिँडे भने बैंकले कसरी उठाउन सक्छ भन्ने संशय पनि रहेको उनले सुनाए ।

2265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका