जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पेमार्फत भुक्तानी गर्दा छुट

होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पेमार्फत भुक्तानी गर्दा छुट

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले हालै होटेल एन्ड होमसँग छुट सम्झौता गरेको छ।

सम्झौताअन्तर्गत होटेल एन्ड होमको वेबसाइटमार्फत नेपालभित्रका विभिन्न होटेलमा बुकिङ गरी आइएमई पेमार्फत भुक्तानी गर्ने सेवाग्राहीले फ्ल्याट १०% छुट प्राप्त गर्नेछन्।

नजिकिँदै गरेको राष्ट्रिय चाड दसैँ, तिहार तथा छठलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको यो छुट सुविधा कात्तिकको अन्त्यसम्म लागू हुने कम्पनीले जनाएको छ।

आइएमई पेका प्रमुख मार्केटिङ अधिकृत सञ्जीवचन्द्र न्यौपाने तथा होटेल एन्ड होमका प्रमुख कार्यकारी अधिकृत उत्सव पाठकले सम्झौता हस्ताक्षर गरेका छन्।

4210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका