जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकको खुद नाफा ५४ करोड २२ लाख ३९ हजार हुँदा वितरणयोग्य मुनाफा २ करोड ८५ लाख रुपैयाँ

माछापुच्छ्रे बैंकको खुद नाफा ५४ करोड २२ लाख ३९ हजार हुँदा वितरणयोग्य मुनाफा २ करोड ८५ लाख रुपैयाँ

माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २०.१८ प्रतिशत बढेर ५४ करोड २२ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४५ करोड ११ लाख ८३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३.९५ प्रतिशत घटेर १ अर्ब ४१ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४७ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खुद फि तथा कमिशन आम्दानी ४.४० प्रतिशत घटेर ३० करोड २५ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशत घटेर १ अर्ब ८० करोड २२ लाख रुपैयाँ, सञ्चालन मुनाफा २१.६५ प्रतिशत बढेर ७८ करोड ३५ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा २ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३.३० प्रतिशत बढेर ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ, जगेडा कोष १५.६७ प्रतिशत घटेर ४ अर्ब ९७ करोड ७ लाख रुपैयाँ, निक्षेप संकलन ३.४५ प्रतिशत घटेर १ खर्ब ४८ अर्ब ८५ करोड रुपैयाँ र कर्जा ३.४४ प्रतिशत बढेर १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी ३.१३ रुपैयाँ बढेर १८.६६ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ११.०९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४२.७७ रुपैयाँ रहेको छ । असोज मसान्तसम्म बैंकको खराब कर्जा १.३ प्रतिशतबाट बढेर २.५६ प्रतिशत पुगेको छ । साथै बैंकको कर्जा निक्षेप अनुपात ८३.५६ प्रतिशत र आधार दर १०.०१ प्रतिशत रहेको छ

755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका