आर्थिक विशेष
सिटिजन्स बैंकको मोबाइल बैंकिङबाटै झन्झटरहित र सुरक्षित आईपीओ आवेदन दिने सुविधा

डिजिटल बैंकिङ अवधारणालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको सिटिजन्स बैंक इन्टरनेशनलको मोबाइल बैंकिङबाट सेयर आवेदन दिने सुविधा लोकप्रिय बन्दै गएको छ । नेपालमै पहिलो पटक मोबाइल बैंकिङबाटै सी–आस्बा, सीआरएन र सेयर आवेदनको सुविधा सिटिजन्स बैंकले विगत एक वर्षदेखि सञ्चालन गरेपछि हजारौँ लगानीकर्ता त्यसतर्फ आकर्षित भएका छन् । सेयर बजारमा आकर्षण बढेसँगै बैंकको यस सेवा लिनेहरू पनि बढ्दै गइरहेका छन् ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो पूर्ण अटोमेटेड माई आस्बा प्रणालीमार्फत आईपीओ आवेदन प्रक्रियालाई अझ सहज, सुरक्षित र पारदर्शी बनाएको छ । जुनसुकै बैंकबाट आईपीओ भर्न चाहने लगानीकर्तासँग बैंकमा डिम्याट खाता र बचत खाता अनिवार्य हुनुपर्छ । डिम्याट खाता बैंकको जुनसुकै शाखाबाट खोल्न भने सकिने छ ।
सिटिजन्स बैंकको माई आस्बा प्रणालीमार्फत आईपीओ आवेदन प्रक्रिया झन्झटरहित, सुरक्षित र पूर्ण रूपमा डिजिटल बनेको र मोबाइल बैंकिङमार्फत आईपीओ भर्न चाहने ग्राहकले सिटिजन्स बैंकको मोबाइल बैंकिङ सेवा, मेरो सेयर र डिम्याट खाता प्रयोग गरिरहेको हुनुपर्ने डिम्याट तथा आस्बा विभाग प्रमुख रोजिना तिवारीले बताइन । पहिलो पटक आईपीओ भर्ने लगानीकर्तालाई कुन कम्पनीको आईपीओ भर्ने भन्ने विषयमा स्पष्ट निर्णय गर्न, खातामा पर्याप्त रकम छ कि छैन, खाता सक्रिय छ कि छैन तथा कति कित्ता आवेदन दिने भन्ने कुरामा विशेष ध्यान दिन उनले सुझाव दिईन् ।
आस्बा प्रणालीमार्फत आईपीओ आवेदन गर्दा लगानीकर्ताको खातामा रहेको रकम आवेदन मितिदेखि बाँडफाँड नहुँदासम्म ब्लक हुन्छ । बाँडफाँडको नतिजा सार्वजनिक भएपछि चाडै उक्त रकम रिलिज हुने व्यवस्था छ । आईपीओ परेमा मात्र रकम डेबिट हुने भएकाले लगानीकर्ताको रकम सुरक्षित रहने उनले स्पष्ट पारिन् । ग्रामीण क्षेत्रलाई लक्षित गर्दै सिटिजन्स बैंकले आफ्ना शाखामार्फत स्टाफ परिचालन गरी वित्तीय साक्षरता तथा बैंकिङ सेवाबारे प्रत्यक्ष जानकारी र प्रशिक्षण दिँदै आएको पनि तिवारीले जानकारी दिईन् ।
अन्य बैंकभन्दा फरक, सिटिजन्स बैंकको माई आश्बा प्रणाली पूर्ण रूपमा अटोमेटेड रहेको छ । मोबाइल बैंकिङमार्फत माई आस्बामा एकपटक लगइन गरेपछि आवेदकको विवरण अटोमेटिक रूपमा सेभ हुने भएकाले हरेक पटक सीआरएन नम्बर सम्झिरहनुपर्ने झन्झट हटेको उनको भनाइ छ । सीआरएन नम्बर नभएका ग्राहकले पनि मोबाइल बैंकिङबाटै २–३ मिनेटभित्र सीआरएन नम्बर प्राप्त गर्न सक्ने सुविधा उपलब्ध छ ।
माई आस्बा सुविधाले बैंकमा उपस्थित भएर सीआरएन नम्बर लिनुपर्ने पुरानो प्रक्रियालाई विस्थापित गरेको छ । बैंकमै डिम्याट खाता छ भने सीआरएन दर्ता प्रक्रिया झन् छिटो र सरल हुने तिवारीले बताईन् । डिम्याट खातामा रहेको नाम, मोबाइल नम्बर र बैंक खातामा रहेको विवरण ठ्याक्कै मिल्नुपर्ने व्यवस्था सुरक्षाका लागि गरिएको उनले उल्लेख गरिन् । हाल न्यून रकमबाट पनि आईपीओ आवेदन दिन सकिने र आश्बा कमिसन मात्र पाँच रुपैयाँ भएकाले लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । आईपीओ परेपछि सेकेन्डरी मार्केटमा बिक्री गरी राम्रो प्रतिफल लिन सकिने सम्भावना पनि रहने तिवारीले बताईन् ।
आस्बा प्रणाली लागू भएपछि आईपीओ आवेदन प्रक्रिया झन् सुरक्षित बनेको छ । पहिले जस्तै लाइन बस्नुपर्ने, चेकमार्फत भुक्तानी गर्दा हस्ताक्षर नमिल्ने जस्ता समस्या हटेको छ । अटोमेटेड प्रणालीका कारण जुनसुकै समयमा आईपीओ आवेदन गरे पनि रकम तुरुन्तै ब्लक हुने भएकाले ब्यालेन्स अभावका कारण आवेदन रिजेक्ट हुने जोखिम न्यून भएको छ । नयाँ लगानीकर्तालाई आईपीओ आवेदन गर्नु अघि सम्बन्धित कम्पनीको प्रोफाइल अध्ययन गर्न, लगानी उद्देश्य स्पष्ट गर्न तथा सेकेन्डरी बजारमा कारोबार गर्न चाहेमा ब्रोकर खाता पनि समयमै खोल्न तिवारीले सुझाव दिईन् ।
सिटिजन्स बैंकको माई आस्बा प्रणालीमार्फत सीआरएन दर्तादेखि आईपीओ आवेदनसम्मको सम्पूर्ण प्रक्रिया मोबाइलमै सम्भव भएकाले लगानीकर्ताका लागि यो प्रणाली अझ स्मार्ट, सहज र भरोसायोग्य बनेको बैंकको दाबी छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार
















































