जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • नेपाल क्लियरिङ हाउसले ३० प्रतिशत लाभांश दिने, बोनस सेयरलाई प्राथमिकता

नेपाल क्लियरिङ हाउसले ३० प्रतिशत लाभांश दिने, बोनस सेयरलाई प्राथमिकता

काठमाडौं । नेपाल क्लियरिङ हाउसले लाभांश वितरण गर्ने भएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई कूल ३० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

उक्त लाभांश मध्य कम्पनीले २८.५० प्रतिशतले हुन आउने २२ लाख ३२ हजार ६२१ कित्ता बोनस सेयर दिने भएको छ। यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले १.५० प्रतिशतले हुन आउने १ करोड १७ लाख ५० हजार बराबरको नगद लाभांशसमेत दिने भएको छ।

कम्पनीले उक्त लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपश्चात मात्र लगानीकर्ताहरुलाई वितरण गर्नेछ। लाभांश वितरण सहित विभिन्न प्रस्तावहरु पारित गर्न कम्पनीले मंसिर १७ गते आइतबारका लागि साधारणसभा आह्वान गरेको छ।

सभामा कम्पनीले लाभांश वितरणको प्रस्तावलाई प्रमुख एजेण्डा बनाएको छ। यसका साथै अधिकृत पुँजी वृद्धि गरि २ अर्ब पुर्‍याउने, चुक्ता पुँजी वृद्धि गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने कार्यतालिका रहेको छ।

कम्पनीले आर्थिक वर्ष २०७८/२०७९ मा लगानीकर्ताहरुलाई कूल ४० प्रतिशत लाभांश वितरण गरेको थियो। उक्त लाभांश मध्ये ३८ प्रतिशत बोनश सेयर थियो भने बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले दुई प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

3430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्