जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड

सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड

सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड सम्पन्न भएको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेकोे प्रथम खुलामुखी योजना सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड साउन १५ गते बिहान साढे १० बजे योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको डिल्लिबजार कार्यालयमा सम्पन्न भएको हो ।
यो योजनाको इकाई निष्कासन गत १३ गतेदेखि असार २७ गतेसम्म गरिएको थियो । जसमा अधिक मात्रामा दरखास्त प्राप्त भएको योजना व्यवस्थापकले जनाएको छ ।

उक्त बाँडफाँडको नतिजा निष्काशन तथा बिक्री प्रबन्धक÷योजना व्यस्थापकको वेभसाईट www.citizenscapital.com.npर सिडिएस एण्ड क्लियरिङको वेभसाईट www.iporesult.cdsc.com.np मा उपलब्ध गराईएको छ ।

यस योजनामा निष्काशन अवधिभित्र आवश्यकभन्दा बढी संख्यामा इकाईको माग प्राप्त भई नेपालकै पहिलो २५ प्रतिशतले ओभरसब्सिक्रिप्सन भएको भएको खुलामुखी म्युचुअल फण्ड बन्न सफल भएको कम्पनीले जनाएको छ ।

3530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका