जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आइएमई पे र एजुकेशन पार्क बीच विद्यार्थीलाई ५०% छूट दिने सम्झौता

आइएमई पे र एजुकेशन पार्क बीच विद्यार्थीलाई ५०% छूट दिने सम्झौता

डिजिटल वालेट आइएमई पे र एजुकेशन पार्क बीच आईईएलटीएस र पीटीईको तयारी कक्षामा ५० प्रतिशत छूट दिने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार एजुकेशन पार्कमा आईईएलटीएस र पीटीईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आइएमई पेमार्फत् कक्षाको शुल्क भुक्तानी गर्दा सो छूट प्राप्त गर्न सक्नेछन् । यहि पुस ६ गतेबाट लागू भएको सो सम्झौताको अवधि तीन महिनाको हुनेछ ।

आईईएलटीएस र पीटीईको तयारी कक्षामा एजुकेशन पार्क र भुक्तानी सेवा प्रदायक आइएमई पे बीचको यो योजनाले सो कक्षा लिन चाहने विद्यार्थीहरुलाई अझ सहज हुने दुबै कम्पनीले विश्वास लिएका छन् ।

योजनाको अवधि तीन महिनाको भएता पनि पहिला कक्षा बुक गर्ने विद्यार्थीहरुले आफ्नो समय अनुसारको कक्षाको छनौट गर्न सक्नेछन् ।

विद्यार्थीहरु माझ लोकप्रिय दुबै कक्षा अनलाईनमार्फत् समेत लिन सकिने व्यवस्था गरेको एजुकेशन पार्कले बताएको छ ।

705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका