जोडिनुहोस
शुक्रबार, साउन १, २०८३
शुक्रबार, साउन १, २०८३
  • होमपेज
  • सानिमा रिलायन्स लाइफको ‘स्टार एजेन्सी मिट २०८२’ भव्य रुपमा सम्पन्न

सानिमा रिलायन्स लाइफको ‘स्टार एजेन्सी मिट २०८२’ भव्य रुपमा सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्टार एजेन्सी मिट २०८२ सम्पन्न भएको छ । शनीबार काठमाडौंको कोटेश्वरमा रहेको होटल ए वन भेन्यूमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

काठमाडौं उपत्यकासहित चार रिजनका अभिकर्ताहरुको सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ४ वटा रिजनका ६ सय जनाबढी अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

कम्पनीले अभिकर्ताहरुलाई प्रोत्साहन गर्न तथा क्षमता अभिबृद्धिको लागि दक्ष क्षमतावान प्रशिक्षकबाट तालिमसमेत प्रदान गरेको छ । कम्पनीले प्रदान गरेको उक्त तालिमले आउँदो दिनमा अझै उत्साहजनक रुपले व्यवसाय गर्न उर्जा मिलेको सहभागी अभिकर्ताहरुले प्रतिक्रिया दिएका छन् ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कडेलले अभिकर्ताहरुलाई हौसला प्रदान गर्नुका साथै आउँदो दिनमा पनि अभिकर्ताहरुको क्षमता अभिबृद्धि तथा विभिन्न तालिम लगायतका विषयलाई निरन्तरता दिदै जाने बताए ।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कडेल, चिफ बिजनेश अफिसर गुनराज श्रेष्ठ, सूर्य प्रसाद गुप्ता, सन्दिप कसाजु लगायत उत्कृष्ट अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

5170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्