जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • सेगवेको नयाँ वर्ष विशेष अफर, नगद छुट र लक्जरी गेटवे

सेगवेको नयाँ वर्ष विशेष अफर, नगद छुट र लक्जरी गेटवे

सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले आउँदो नेपाली नयाँ वर्ष २०८१ को सु–अवसर पारि सेगवेका इ–स्कुटरहरूमा विशेष अफर ‘न्यु एयर न्यु अफर २०८१’ ल्याएको छ ।

योजना अवधि भित्र खरिद गरिने सेगवेका विभिन्न मोडलहरूमा विशेष नगद छुटको मजा लिन सक्नेछन् । साथै क्लब हिमालय नगरकोटमा एक रातको बसाई जित्ने शानदार मौका पाउने छन् ।

इेलेक्ट्रिक स्कुटरको नेपाली बजारमा सेगवेका इ–स्कुटरहरु लोकप्रिय हुनुका साथै उपभोक्ताहरूको रोजाइमा परिरहेका छन् । शहरी देखि साहसिक यात्राका लागि ग्राहकहरु सेगवे इ–स्कुटरहरुमा आकर्षित हुनुका साथै तिनका नवीन विशेषताहरूका कारण दैनिक जीवनको एक आवश्यक अंश बन्न सफल भएका छन् ।

उक्त अफर चैत १९ गतेदेखि आगामी वर्ष २०८१ वैशाख १८ गतेसम्म रहने छ । नयाँ वर्षको विशेष अफरमा ग्राहकहरूले चयन गर्ने सेगवे इ–स्कुटरका मोडेलहरूमा आकर्षक नगद छुटहरू प्राप्त गर्न सक्नेछन् ।

विशेष गरी इ१२५ र इ११० एलमा २५ हजार रुपैयाँसम्म, इ१०० मा २० हजारसम्म र एन१०० मा १५ हजार रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै थप, सेगवले ग्राहकहरूलाई प्रतिष्ठित क्लब हिमालय नगरकोटमा १–रात २–दिनको बसाइ र स्कूटरका एक्सेसरीजहरू जित्ने मौका प्रदान गर्दैछ ।

605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका