जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • सानिमा क्यापिटल र सानिमा सेक्यूरिटिजको पुँजी बजार सम्वन्धी वित्तीय शिक्षा तथा सचेतना कार्यक्रम

सानिमा क्यापिटल र सानिमा सेक्यूरिटिजको पुँजी बजार सम्वन्धी वित्तीय शिक्षा तथा सचेतना कार्यक्रम

विश्व वित्तीय सप्ताहको सानिमा क्यापिटल र सानिमा सेक्यूरिटिजको संयुक्त आयोजनामा पुँजी बजार सम्वन्धी वित्तीय शिक्ष तथा सचेतना कार्यक्रम संचालन गरेको छ ।

विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोबृत्ति विकास गराउने उद्धेश्यका उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कम्पनीले काठमाडौ इन्स्टिच्युट अफ टेक्नोलोजी क्याम्पसका इन्जिनियरिङ्ग बिधामा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु बिच नेपालको पूँजीबजार सम्बन्धी वित्तीय शिक्षा तथा सचेतना कार्यक्रम संचालन गरिएको हो ।

उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक भुवन देशारका साथै सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र सानिमा सेक्युरिटीज प्रमुख कार्यकारी अधिकृत सन्जिव पौडेल लगायतका कर्मचारीहरुको प्रत्यक्ष सहभागिता रहेको थियो । कार्यक्रममा नेपालको पूँजीबजार क्षेत्रको विभिन्न आयामहरुको बारे छलफल तथा प्रस्तुति गरिएको थियो ।

उक्त कार्यक्रम मार्फत युवा तथा विद्यार्थीहरुले नेपालको पूँजीबजार सम्बन्धी शिक्षा प्राप्त गरी सो ज्ञानलाई आगामी दिनहरुमा व्यवहारमा लागु गरी आफ्नो आम्दानीलाई बचत तथा लगानी गर्ने बानीको विकास हुने अपेक्षा समेत गरिएको छ ।

995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका