जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • हकप्रद निष्काशन प्रस्ताव पारित गर्दै सानिमा जिआईसीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

हकप्रद निष्काशन प्रस्ताव पारित गर्दै सानिमा जिआईसीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा अमृतभोग कालिकास्थान काठमाडौंमा आज सम्पन्न भएको हो ।

सभाले कम्पनीको छैठौ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।

कम्पनीको लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९।०८० आषाढ मसान्तको वासलात, साउनदेखि २०८०।०३।३१ गते सम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।

सभाले साविक जनरल इन्स्योरेन्स कम्पनी नेपालको लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९।०८० को वासलात, मिति २०७९ साउन देखि २०७९ र ०७।०६ गते सम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०।०८१ को लागि वाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र वर्तमान लेखापरीक्षक कानूनत पुनः नियुक्त हुन योग्य रहेको प्रस्ताव पारित गरेको छ ।

सभाले संचालक समितिबाट मनोनित स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको जारी पूँजी तथा चूक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, कम्पनीको चुक्ता पूँजी रुपैयाँ २ अर्बको २५ प्रतिशत बराबर रु ५० करोडको हकप्रद शेयर जारी गर्ने, कम्पनी ऐनको दफा १०५ को उपदफा १ (ग) बमोजिम आर्थिक वर्ष २०७९।०८० मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?