जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल बैंक र नेपाल प्रहरी बीच बैंकिङ कारोबार सम्झौता 

नेपाल बैंक र नेपाल प्रहरी बीच बैंकिङ कारोबार सम्झौता 

नेपाल बैंक र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखा बीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौंमा गत साउन २२ गते भएको सम्झौतामा नेपाल बैंकका प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक  रेवती ढकालले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता बमोजिम नेपाल प्रहरी अन्तर्गतका विद्यालयहरूमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले सहुलियतसहितको विभिन्न सुविधा रहने तलब खाता खोली बैंक नियमानुसार बिनाधितो कर्जा तथा अन्य बैंकिङ सुविधा पाउन सक्ने कम्पनीले बताएको छ ।

1980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका