जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • आयल निगमले पेट्रोल र हवाइ इन्धनको मूल्य बढायो

आयल निगमले पेट्रोल र हवाइ इन्धनको मूल्य बढायो

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले शनिबार रातिदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो। निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाएको छ। यस्तै, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँ र अन्तर्राष्ट्रियमा काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले मूल्य बढाइएको छ।

नयाँ मूल्य अनुसार अब पेट्रोल पहिलो वर्गमा १५७ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ। यस्तै, दोस्रो र तेस्रो वर्गमा क्रमशः १५९ र १६० प्रतिलिटर कायम हुने छ।

हवाइ इन्धन आन्तरिकतर्फ १२८ रुपैयाँ प्रतिलिटर कारोबार हुनेछ।

2310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका