जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • लुम्बिनी इन्स्योरेन्स र एनएमबि लघुवित्तको हकप्रद आजसम्म

लुम्बिनी इन्स्योरेन्स र एनएमबि लघुवित्तको हकप्रद आजसम्म

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र एनएमबि लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको हकप्रद शेयर आइतबारदेखि बन्द हुने भएको छ। लुम्बनीले गत कात्तिक २४ गतेदेखि चुक्ता पुँजीको २० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो।

कम्पनीले शेयरधनीहरूका लागि १७ लाख ६० हजार कित्ता हकप्रद बिक्री गरेसँगै चुक्ता पुँजी एक अर्ब ५ करोड रूपैयाँ पुर्‍याउने छ। यससँगै बीमा समितिले निर्देशन गरेको न्युनतम एक अर्ब रूपैयाँ पुँजी जुटाउने भएको हो। कम्पनीको हालको चुक्ता पुँजी ८८ करोड रूपैयाँ छ। असोज २७ गतेसम्म कायम शेयरधनीहरूले हकप्रद शेयरका लागि आवदेन दिन सक्ने छन्।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक सिवीआइएल क्यापिटल रहेको छ। आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूबाट आवदेन दिन सकिने छ। त्यस्तै एनएमबि लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको १ सय ५० प्रतिशत हकप्रद शेयरको बिक्री आइतबारदेखि बन्द हुनेछ। संस्थाले कात्तिक २४ गतेदेखि हकप्रद शेयर निष्कासन गरेको थियो। कात्तिक ६ गतेसम्म कायम शेयरधनीहरूले एक कित्ता बराबर १.५ कित्ताको अनुपातमा आवेदन दिन सक्नेछन्।

संस्थाले २४ लाख ३० हजार कित्ता हकप्रद निष्कासन गरेसँगै चुक्ता पुँजी ४० करोड ५० लाख रूपैयाँ कायम हुनेछ। संस्थाको हालको पुँजी १६ करोड २० लाख रूपैंयाँ छ। संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल छ। शेयरधनीहरूले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्ने छन्।

संस्थाले गत आर्थिक वर्षको नाफाबाट हकप्रद शेयरबाट कायम हुने पुँजीका लागि समेत १२ प्रतिशत बोनस शेयर प्रदान गर्नेछ।  बोनस शेयरपछि संस्थाको चुक्ता पुँजी ४५ करोड ३६ लाख रूपैयाँ पुग्ने छ ।

5645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका