जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एटीएमलाई व्यबस्थीत गर्न र डिजिटल बैंकिङ सेवा उपयोग गर्न आग्रह

एटीएमलाई व्यबस्थीत गर्न र डिजिटल बैंकिङ सेवा उपयोग गर्न आग्रह

नेपाल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले विपद् व्यबस्थापनको समयमा डिजिटल सेवालाई केन्द्र विन्दुमा राखेर बैंकिङ सेवा प्रवाह गर्न सबै बैंकवित्तलाई आवहान गरेका छन् ।उनले बैंकिङ सेवा अत्यावश्क सेवा अन्तरगत पर्ने हुँदा डिजिटल माध्यमलाई उपभोग गर्न पनि आग्रह गरेका छन् ।

साथै एटीएममा प्रसस्त रकम राखेर व्यबस्थापन गर्न एवं डिजिटल सेवा प्रवाहमा फोकस हुन उनको अनुरोध छ ।उनले आफ्नो फेसबुकमार्फत भनेका छन् ‘यही असोज १८ देखि २० गतेसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग को सूचना समेतलाइ मध्यनजर गरी नेपाल सरकारले असोज १९ र २० गते विपद् व्यवस्थापन र अत्यावश्यक सेवा दिने कार्यालय वाहेकमा सार्वजनिक विदा दिने घोषणा गरिसकेको छ ।

बैंकिङ सेवा अत्यावश्क सेवा अन्तरगत पर्दछ । यो वेलामा भौतिक रूपमा बैंकिंग सेवा लिने भन्दा पनि सुरक्षित डिजिटल बैंकिंग सेवाको उपयोग गर्न अनुरोध छ ।साथै, बैंक तथा वित्तीय संस्थाले समेत एटीएमको सेवा व्यवस्थापन तथा डिजिटल बैंकिंग सेवा सुचारू हुने व्यवस्था गरी कम भन्दा कम कर्मचारीको उपस्थित गराइ अत्यावश्यक बैंकिंग सेवा सञ्चालन गर्नु हुन अनुरोध छ ।

1720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?