जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ठेक्कामा लापरवाही गर्दा सात कम्पनी सार्वजनिक खरिदको कालोसूचीमा

ठेक्कामा लापरवाही गर्दा सात कम्पनी सार्वजनिक खरिदको कालोसूचीमा

निर्माण र सेवासम्बन्धी ठेक्काहरुमा सम्झौताअनुसार काम नगरेका सात कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। कार्बाहीको सूचीमा पर्नेमा मकवानपुरको ताण्डव कन्स्ट्रक्सन, एरोन गुरु सिपाली जेभी, भक्तपुरको बिणा क्लिन सर्भिसेज, काठमाडौंको चन्द्र सूर्य निर्माण सेवा र दार्चुलाको सुरज कन्स्ट्रक्सन छन्।

मकवानपुरको कैलाश गाउँपालिकाको सिफारिसमा कार्बाहीमा पर्ने एउटा जेभी र अर्को एउटा निर्माण कम्पनी छ। जेभीका तीन कम्पनीहरुमा काठमाडौंका एरोन निर्माण तथा सप्लायर्स, गुरु रिन्पोछे कन्स्ट्रक्सन र सिन्धुपाल्चोकको सिपाली कन्स्ट्रक्सन छन्।

कैलाश गाउँपालिका कार्यालयकै सिफारिसमा हेटौंडाको ताण्डव कन्स्ट्रक्सन पनि कालोसूचीमा परेको छ। राष्ट्रिय वाणिज्य बैंक काठमाडौंको सिफारिसमा कालोसूचीमा परेका दुई प्रतिष्ठानमा बिना क्लिन सर्भिसेज भक्तपुरको चाँगुनारायणमा कार्यालय रहेको सरसफाइ सम्बन्धी सेवा दिने कम्पनी हो भने चन्द्र सूर्य नयाँ बानेश्वरमा कार्यालय रहेको निर्माण कम्पनी हो।

सुरज कन्स्ट्रक्सनलाई कार्बाही गर्न दार्चुलाको लेकम गाउँपालिकाले सार्वजनिक खरिदमा लेखिपठाएको हो। सबै कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा जारी सूचनामा छ।

215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्