जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अर्थतन्त्रमा आशा जगाउने बजेट ल्याउने अर्थमन्त्रीको उद्घोष

अर्थतन्त्रमा आशा जगाउने बजेट ल्याउने अर्थमन्त्रीको उद्घोष

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रमा नयाँ आशा र उत्साह जगाउने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ६०औं साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकार अहिले आर्थिक वृद्धि, रोजगारी सिर्जना र लगानी विस्तारका लागि गम्भीरतापूर्वक लागेको स्पष्ट पारे।

अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्रलाई १०० अर्ब डलरको आकारमा पुर्याउने दीर्घकालीन लक्ष्य सुनाउँदै उक्त लक्ष्य हासिल गर्न निजी क्षेत्रको साथ र सहकार्य अपरिहार्य रहेको उल्लेख गरे। “अर्थतन्त्रलाई चलायमान र सक्रिय बनाउन निजी क्षेत्र इन्जिन हो,” उनले भने, “सरकारले सामाजिक बजार अर्थतन्त्रको अवधारणा अनुसार नवप्रवर्तन र गतिशीलतालाई प्रोत्साहन गर्ने नीति लिनेछ।”

सम्बोधनका क्रममा डा. वाग्लेले नेपाली राजनीतिमा अभूतपूर्व पुस्तान्तरण भएको र यसले नयाँ युगको सुरुवात गरेको दाबी गरे। उनले प्रशासनिक र राजनीतिक संयन्त्रमा जकडिएको विचौलिया प्रवृत्ति र भ्रष्टाचारमाथि सरकार निर्मम भएर लाग्ने प्रतिबद्धता समेत जनाए।

अबका दिनमा पहुँच र भनसुनका आधारमा काम हुने संस्कृतिको अन्त्य भएको उद्घोष गर्दै अर्थमन्त्रीले विधिको शासन र पारदर्शिता नै सरकारको मूल मन्त्र हुने बताए। आगामी बजेटमार्फत निजी क्षेत्रको मनोबल उच्च बनाउँदै लगानीका लागि सुरक्षित वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?