
नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग सहित १५ वटा कानुन खारेज गर्ने निर्णय गरेका छन् । शुक्रबार सपथ ग्रहण पश्चात पदभार ग्रहण गर्दै वाग्लेले पहिलो निर्णयका रुपमा आर्थिक विकासमा बाधकका रुपमा रहेका १५ वटा कानुन खारेज गर्ने निर्णय गरेका हुन् ।
पहिलो दिनदेखि नै एक्शनमा उत्रिएका वाग्लेले चैत १३ गतेसम्मको पछिल्लो आर्थिक स्थितिपत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय समेत गरेका छन् ।
निर्वाचनका क्रममा डा वाग्लले विकास, सुशासन, रोजगारी सिर्जना तथा आर्थिक सुधारलाई प्रमुख एजेन्डा बनाएका थिए । आफ्नो विषय प्रष्टसँग राख्ने, राजनीतिमा आलोचनाभन्दा पनि विचारले श्रेष्ठ सावित हुनुपर्छ भन्ने मान्यता राख्ने डा वाग्लेले मतदातासँग प्रत्यक्ष संवादका क्रममा नयाँ सोच र परिणाममुखी राजनीतिका विषय उठाएका थिए ।
डा वाग्ले नेपाली राजनीतिमा नीतिगत क्षमता र आर्थिक विषयको ज्ञान भएका नेताका रूपमा चिनिन्छन् । अघिल्लो पटक सङ्घीय संसद्का रुपमा उहाँले सदनमा खेल्नुभएको भूमिका पनि स्मरणीय रहेको छ ।
खासगरी, अर्थतन्त्र र विकास नीतिमा उनको विशिष्ठ अनुभवले समृद्ध नेपाल निर्माणको सपना पूरा हुने अपेक्षा गरिएको छ ।
यी हुन् खारेज हुने ऐन
- आय टिकट दस्तुर ऐन २०१९,
- कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२
- निजी वन जंगल राष्ट्रियकरण ऐन २०१३
- प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०१३
- क्षतिपूर्ति ऐन २०१९,
- विर्ता उन्मूलन ऐन २०१६
- विर्तावालले विर्तामा रकम लगाइ–लिन खान नपाउने ऐन २०१५
- राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२
- विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१,
- नेपाल एजेन्सी ऐन २०१४
- प्रादेशिक विकास योजना (कार्यान्वयन गर्ने) ऐन २०१३
- निकासी–पैठारी (नियन्त्रण) ऐन २०१३
- सामाजिक व्यवहार सुधार ऐन २०३३
- नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन २०१४
- वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन २०५५
सम्बन्धित समाचार


लोकप्रिय समाचार
















































