जोडिनुहोस
बिहिबार, जेष्ठ २८, २०८३
बिहिबार, जेष्ठ २८, २०८३
  • होमपेज
  • दृष्टि फिर्ताको अभियानमा आईएमई लाइफ, १०० जनाको निःशुल्क शल्यक्रियामा सहयोग

दृष्टि फिर्ताको अभियानमा आईएमई लाइफ, १०० जनाको निःशुल्क शल्यक्रियामा सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आर्थिक सहयोग गरेको छ ।

कम्पनीले मातृका आई सेन्टरसँग सहकार्य गर्दै धनुषा र महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रका आर्थिक अभावका कारण उपचारबाट वञ्चित मोतिबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया कार्यक्रमका लागि ६ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।

उक्त सहयोगबाट १०० जना मोतिबिन्दु पीडित प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

मातृका आई सेन्टरले विगतदेखि नै देशका विभिन्न जिल्लामा आँखा सम्बन्धी स्वास्थ्य सेवा, मोतिबिन्दु पहिचान तथा शल्यक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सेन्टरको अनुभव र विशेषज्ञतासँग आईएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धता जोडिँदा स्थानीय समुदायमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

आईएमई लाइफ इन्स्योरेन्सका उपकार्यकारी प्रमुख खिलेन्द्र पौडेलले कम्पनीले स्वास्थ्य, शिक्षा तथा समुदाय विकासका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै यस सहकार्यले आर्थिक अभावका कारण दृष्टि गुमाउने जोखिममा रहेका नागरिकलाई नयाँ आशा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी, मातृका आई सेन्टरका अध्यक्ष सूरज श्रेष्ठले आईएमई लाइफ इन्स्योरेन्सको सहयोगप्रति आभार व्यक्त गर्दै कार्यक्रमले ग्रामीण क्षेत्रका सयौं विपन्न परिवारको जीवनमा सकारात्मक परिवर्तन ल्याउने बताए ।

आईएमई लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रममार्फत समुदायमा योगदान पुर्याउँदै आएको जनाएको छ ।

40
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?