जोडिनुहोस
सोमवार, असार १५, २०८३
सोमवार, असार १५, २०८३
  • होमपेज
  • प्राइम कमर्सियलले अरुण खोला जलविद्युत् आयोजनामा ३० करोड ऋण लगानी गर्ने

प्राइम कमर्सियलले अरुण खोला जलविद्युत् आयोजनामा ३० करोड ऋण लगानी गर्ने

प्राइम कमर्सियल बैंक लिमिटेडले हिमालयन इञ्जिनियरिङ्ग एण्ड इनर्जीद्वारा प्रवर्द्धित २ मेगावाट क्षमताको अरुण खोला–२ जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता गरेको छ ।

सोमबार आयोजित कार्यक्रममा बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर नारायणप्रसाद श्रेष्ठ र प्रवर्द्धक कम्पनीका अध्यक्ष ओमप्रसाद भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

आयोजनाको अनुमानित लागत ४८ करोड ६४ लाख रुपैयाँ रहेको छ । कुल लागतमध्ये प्राइम कमर्सियल बैंकले ३० करोड रुपैयाँ ऋण लगानी गर्नेछ भने बाँकी ३८.३४ प्रतिशत रकम प्रवर्द्धक कम्पनीले स्वपुँजीबाट जुटाउनेछ ।

प्रवर्द्धकका अनुसार आयोजनाबाट सुख्खायाममा ४.८६४ गिगावाट घण्टा र वर्षायाममा ८.३१९ गिगावाट घण्टा गरी वार्षिक १३.१८ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ

आयोजना १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?