जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • सेयर लगानीकर्ताले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए

सेयर लगानीकर्ताले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए

प्रधानमन्त्री केपी शर्मा ओली सेयर लगानीकर्ता संघको ज्ञापन-पत्र पढेर निकै गंभीर बनेका छन् । नेपाल पूँजी बजार लगानीकर्ता संघले मंगलबार बुझाएको ज्ञापनपत्र ढपेपछि प्रधानमन्त्री ओली गंभीर बनेका हुन् ।

प्रधानमन्त्रीले ज्ञापनपत्र हेरेपछि सेयर बजार यति गंभीर अवस्थामा पुग्दा पनि आफूलाई पहिला नै किन जानकारी नगराएको भन्दै प्रश्न गरे।

प्रधानमन्त्रीलाई उदृत गर्दै संघकी अध्यक्ष राधा पोखरेलले भनिन्, ‘सेयर बजार यस्तो अवस्थामा आईपुग्दा पनि किन पहिला नै नभनेको, तपाईले दिनु भएको ज्ञापनपत्र म पढछु, अनि तपाईंहरुलाई यो विषयमा थप छलफल गर्न बोलाउने छु ।’

अध्यक्ष पोखरेलले लामो समयदेखि प्रधानमन्त्रीलाई भेटेर सेयर बजारमा विषयमा जानकारी गराउन खोजे पनि बल्ल अहिले समय पाएको र पुँजी बजारको समस्या प्रमलाई जानकारी गराउन पाएको बताइन् ।

संस्थागत लगानीकर्ताको न्युनता र वित्त बजारमा तलरलताको अभावसँगै बढ्दो ब्याज दर र सेयर निष्काशन तथा आपूर्तिमा भएको बृद्धिले अहिले सेयर मूल्य प्रभावित भएको उल्लेख छ ।

नेपालको पूँजी बजार सतही रुपमा रहनुका साथै यसको दायरा संकुचित भएको र पूँजी बजारमार्फत ठूलो लगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधारको आवश्यकता देखिएको अध्यक्ष पोखरेलले बताइन् ।

पोखरेल अध्यक्ष रहेको संघले यसअघि पनि अर्थमन्त्री डा. युवजार खतिवडालाई पटक-पटक भेटेर पुँजी बजारको समस्याका बारेमा जानकारी गराएको थियो । तर अर्थमन्त्री खतिवडाले न त माग सम्बोधन गरे न त बजारको समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी नै दिए ।

लगानीकर्ताका अन्य संगठनलाई अर्थमन्त्रीले भेट समेत दिएका छैनन् भने प्रधानमन्त्री भेट्न जाँदा समेत भेट नदिनु भनेर फर्काएका थिए । जसकारण मुलुकको कार्यकारी प्रमुख रहेका प्रधानमन्त्री ओली पुँजी बजारको समस्याका बारेमा बेखबर थिए ।

लगानीकर्ताका माग सुनेर अर्थमन्त्रीले नै समस्याको समाधान गरेका भए लगानीकर्ताहरु प्रधानमन्त्रीकहाँ पुग्नु पर्दैन थियो ।

प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा के छ ?

१. सेयर लोनमा लगाईएको चर्काे बैंक ब्याज घटाईनु पर्छ,

२. सेयर धितो कर्जाको सिमा ६५ प्रतिशत बाट ८० प्रतिशतसम्म पुर्याउनु पर्छ,

३. सबै लगानीकर्ताको हातमा सर्बसुलभ तरिकाले अनलाइन ट्रेडिङ सिस्टम पुर्याइनु पर्छ,

४. आर डब्लु एसलाई अँझ व्यापक बनाईनु पर्छ,

५. सेयर शिक्षा तथा अभर्नेस प्रोग्रामहरु देश ब्यापी बनाउने तर्फ ध्यान दिईनु पर्छ,

६. बजेट मार्फत गैरआवासिय नेपाली संघलाई नेपालको पूँजी बजारमा लगानी गर्ने दायरा फराकिलो बनाइन्छ भनिएको छ, त्यसलाई यथाशक्य छिटो कार्यान्वायनमा ल्याईनु पर्छ,

७. सेयर बजारमा महिला सहभागिता बढाउन घर जग्गा कारोबारमा जसरी छुट दिने व्यबस्था गरिएको छ त्यसै गरि सेयर कारोबारमा पनि महिलालाई छुट दिने व्यबस्था गर्नु पर्छ,

८. पूँजीबजारमा अधिक सप्लाई सोस्ने संयन्त्र भएन त्यसैले बजामा रहेका ठूला ठूला कोषहर जस्तै (नागरिक लगानीकोष, कर्मचारी संचयकोष र सैनिक कल्याणकारीकोष) लगाएतका कोषहरुलाई बजार निर्माताको रुपमा भित्र्याउने व्यबस्था गर्नुपर्छ,

९. समयमा बार्षिक साधारण सभा नगर्ने कम्पनीका संचालकहरुलाई ऐन नै संसोधन गरी कडा जरिवानाको ब्यबस्था गर्नुपर्छ,

१०. बैंकहरूले लगानीयोग्य पूँजीको कृत्रिम भुत देखाई बेलाबेलामा सेयर बजारमा चलखेल गर्ने वातावरणको अन्त्य गर्नुपर्छ,

११. बैंकहरुमा रहेको तरलताको कारण बजारमा नकारात्मक असर परेको छ । त्यसैले बैंकहरुको सी सी डी रेसियो केही समयलाई भने पनि ८५ प्रतिशत गर्नुपर्छ,

१२. कमर्सियल बैंक, बिकाश बैंक र फाईनान्स कम्पनीहरु लाई २०७७ असार मसान्त सम्मको लागी मात्रै भए पनि कम्तिमा ५ प्रतिशत क्रस होल्डिङको ब्यबस्था गरिनु पर्छ,

१३. सेयर धितो मूल्यांकनको ८० प्रतिशतसम्म कर्जाको सुनिश्चितताका गर्नुपर्छ,

१४. जसरी बैंकहरुमा बिग मर्जरको होड चलाईएको छ त्यसै गरी च्याउ सरी खोल्न लाईसेन्स बितरण गरिएका लघुवित्तलाई समेत बिग मर्जरमा जान प्रोत्साहित गरिनु पर्छ । नयाँ लाईसेन्स बितरणत त ठ्याम्मै रोक्नै पर्छ जस्ता माग रहेका छन्

8540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका