युनाइटेड फाइनान्सले १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७.५२६ प्रतिशत नगद लाभांश दिने कम्पनी सञ्चालक समितिको मंगलबार बसेको २४०औं बैठकले सो प्रस्ताव गरेको हो ।
उक्त लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।