जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • निःशुल्क खाता खोली कारोबार गर्न सकिने. .?

निःशुल्क खाता खोली कारोबार गर्न सकिने. .?

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले घरमै बसी अनलाइन मार्फत सहज तथा सरल तरिकाबाट खाता खोली सिमित कारोबार समेत गर्न सकिने सुविधा प्रारम्भ गरेको छ । यसअन्तर्गत ग्राहकहरुले बैंक शाखामा नआई आफ्नै घरबाट खाता खोली इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग जस्ता डिजिटल बैंकिङ्ग सुविधाहरुको तत्काल लाभ लिन सक्नेछन् ।

मोबाइल बैंकिङ्ग सुबिधा अन्तर्गत ग्राहकहरुले रिचार्ज गर्ने बिल भुक्तानी, बीमा प्रिमियम भुक्तानी गर्ने, रकम रकमान्तर गर्ने जस्ता कार्यहरु समेत आफ्नै घरबाट मोबाइलमार्फत गर्न सक्नेछन् । साथै यो सुविधा कोभिड १९ संक्रमण न्युनिकरण एवम् ग्राहकहरुको स्वास्थ सुरक्षाको प्रत्याभूति गरी सिमित अवधि र सिमित कारोबारका लागि प्रदान गरिएको छ ।

10930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्