एनएमबि बैंक लाभांश प्रस्ताव गरेको छ । बैंकको पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।
बैंकको हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.२० प्रतिशत नगद गरि कुल १६.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको हाल चुक्तापुँजी १४ अर्ब ४४ करोड ७७ लाख ५३ हजार रहेको छ ।