नेपाल इन्भेष्टमेन्ट बैंकले बजार दरभन्दा बढी ब्याज दिने गरी आजबाट ऋणपत्र निष्कासन गरेको छ। ऋणपत्रको ब्याज दर साढे ८ प्रतिशत छ।
अहिले बैंकहरुको एक वर्षे मुद्दती निक्षेपको ब्याज दर साढे सात प्रतिशत छ। २ वर्षेको ८ प्रतिशतसम्म छ।
२०८४ सालमा परिपक्व हुने ऋणपत्र खरिदका लागि माघ २० गतेभित्र आवेदन दिइसक्नु पर्छ। बैंकको ऋणपत्र खरिदका लागि कम्तिमा २५ कित्ताका लागि आवेदन दिनु पर्नेछ। अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ। प्रति कित्ता अंकित मूल्य एक हजार रुपैयाँ छ।
बैंकले कुल ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो। २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र ब्यक्तिगत तवरबाट बिक्री गर्नेछ। ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुले किन्ने छन्। बाँकीमा सर्वसाधारणको दाबी हुने छ।